क्रान्तिकारी युवा लीग लुम्बिनीले स्थानीय निर्वाचन सशक्त बहिस्कार गर्ने

क्रान्तिकारी युवा लीग लुम्बिनीले स्थानीय निर्वाचन सशक्त बहिस्कार गर्ने

दाङ – क्रान्तिकारी युवा लीग–नेपाल लुम्बिनी प्रदेश समितिले कथित स्थानीय निर्वाचनलाई सशक्त बहिस्कार गर्ने निर्णय गरेको छ । दाङको भालुवाङमा बुधवार भएको बैठकले उक्त निर्णय गरेको केन्द्रीय महासचिव तथा प्रदेश  अध्यक्ष दिल बहादुर कठायतले जानकारी दिनुभयो ।
क्रान्तिकारी युवा लीग–नेपाल लीगका केन्द्रीय सचिवालय सदस्य एवं  प्रदेेेश  सचिव प्रगति  रानाका अनुसार चुनाव बहिस्कार आन्दोलन उठाउदैं गाउँ नगर तथा जिल्ला सम्मेलन सम्पन्न गर्ने निर्णय भएको छ । २०७९ जेठ २० र २१ गते प्रदेश सम्मेलन गर्ने तालिका सहितको योजना बनाइएको उहाँले बताउनुभयो ।