बर्दिया – नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी) मा धुब्रिकृत हुने क्रम बर्दियामा तीब्र भएको छ ।

चुनाव बहिस्कारको भाव सहित गाउँ गाउँ पुगेको क्रान्तिकारी माओवादी बर्दियाको आब्हानमा देशभक्त क्रान्तिकारीहरु धुब्रिकृत भएका हुन । देशैभर संसदीय हावा हुण्डरीको बेग तेज भएका बेला जिल्लामा भने क्रान्तिकारीहरुको धुब्रीकरण अनिवार्य भएको भन्दै बर्दियाली जनता क्रान्तिकारी माओवादीमा गोलबद्ध हुदै गएका छन् ।
पछिल्लो चरणमा अहिलेको यो व्यवस्था र विभिन्न पार्र्टीबाट असन्तुष्ट भएका देशभक्त तथा क्रान्तिकारीहरु क्रान्तिकारी माओवादीमा प्रवेश गर्ने क्रम जारी छ ।
यसै अन्तर्गत सोमवार क्रान्तिकारी माओवादी बर्दिया जिल्ला समिति द्वारा संचालित धुर्बिकरण तथा पुनर्मिलन कार्यक्रम गेरुवा गाउँपालिका वडा नम्बर ४ देखि संचालित सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेकपा बिप्लवबाट बिद्रोह गरि दर्जनौं नेता कार्यकर्ता क्रान्तिकारी माओवादीमा समाहित भएका हुन ।

धुर्बिकरण पछि क्रान्तिकारी माओवादीले उहाँहरुलाई जिम्मेवारी समेत दिएको छ । जसको इन्चार्जमा क. खडक बिक चयन हुनुभयो भने सचिवमा क. दधिराम बिक चयन हुनुभयो । अन्य सदस्यहरुमा कमरेड केसव दर्र्जी , प्रताप बि.क ,भिम बहादुर परियार ,चन्द्र बहादुर परियार ,पदम रोकाया ,नर बहादुर परियार ,सेतिराम बि क ,रिठे कामी ,भक्त बहादुर दर्र्जी चयन हुनु भएको छ ।

त्यसैगरी क्रान्तिकारी युवा लिगको समेत ७ सदस्यीय समिति निर्माण गरिएको छ । जसको अध्यक्षमा हस्त बहादुर बि क ,उपाध्यक्षमा प्रमित बिक ,सचिवमा कमल कडायत ,सदस्यहरुमा बिनोद दर्र्जी ,टंक परियार ,पुजा बि क ,निरुता परियार निर्बाचित हुनु भएको छ । समितिका सचिव कमरेड दधिरामको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सल्लाहकार समिति सदस्य कमरेड खडक मल्ल , पार्टीका जिल्ला सचिव क. बिद्रोही सर्बहारा ,जिल्ला सचिवालय सदस्य कमरेड बिशाल जिल्ला सदस्य कमरेड कुमार ,कमरेड दिपक लगायत शिवराम काफ्लेको उपस्थिति रहेको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार