नेपाल आजसम्म पनि अर्धसामन्ति र नवउपनिवेशी अवस्थामै रहदै आएको छ । त्यसको अर्थ हो यहाँ एकातिर विशाल ग्रामीण भूभागमा सामन्ती प्रकारको आर्थिक सम्बन्ध कायमै छ भने अर्कोतिर शहरी क्षेत्रहरुमा दलाल तथा नोकरशाही पुँजीवादको बोलवाला छ । त्यसैले नेपालका गाउँले किसान तथा शहरीया मजदुरहरु एकैसाथ दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवादवाट शोशीत तथा उत्पीडित छन ।
विशाल संख्यामा रहेको शोषित र उत्पीडित जनसमुदायलाई पूर्णरूपले मुक्त गरि उनीहरूलाई सम्पन्नता र विकासको बाटोमा अगाडि बढाउन नेपालमा हाल कायम रहेको दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवादी वर्गको राज्यसत्ता अन्त्य गरि त्यसको सट्टामा नयाँ जनवादी राज्यसत्ता कायम गरिनुपर्छ भन्ने नेपालका क्रान्तिकारी कम्युनिस्टहरूको नीति र कार्यक्रम रहदै आएको छ ।
तर यहाँ केही कम्युनिस्ट आवरणका कम्युनिस्ट पार्टीहरुले र उत्तर माक्र्सवादी ( नव माक्र्सवादीहरुले राजतन्त्रको अन्त्य गरि लोकतान्त्रिक गणतन्त्रको स्थापनासंगै नयाँ जनवादी क्रान्ति भइसक्यो , अब समाजवादी क्रान्ति गर्ने हो भन्ने बकवास गरेर नेपाली जनतामाथि भ्रम सिर्जना गरिरहेका छ ।
वास्तविकता के हो त ? नेपालमा नयाँ जनवादी क्रान्ति सम्भव छ कि छैन ? नयाँ जनवाद अर्थतन्त्रको स्वरुप कस्तो हुन्छ ? त्यसको निर्माण कसरी गरिन्छ ? नेपालमा त्यो सम्भव छ कि छैन ? आदि विषयमा आमजनताको जिज्ञासा रहनु स्वाभाविक छ । यो लेखमा यिनै केही विषयहरुबारे प्रकाश पार्ने कोसिस गरिएको छ ।
१ नयाँ जनवादको आर्थिक नीतिबारे
नयाँ जनवाद भनेको सामन्तवाद र दलाल तथा नोकरशाही पुँजीवादको अन्त्य गरि सर्वहारा वर्गको नेतृत्वमा र मजदुर ( किसान एकताका आधारमा निर्माण गरिने नयाँ प्रकारको पुँजीवाद हो । यसलाई नयाँ भन्नुको अर्थ यो हो कि पुँजीवादमा मात्र सिमित नरही वैज्ञानिक समाजवादतिर उन्मुख हुने पुँजीवाद हो , त्यस अवस्थामा राष्ट्रिय पुँजीपतिवर्ग र धनी किसान वर्गसम्म अटाउछन ।
त्यसैले नयाँ जनवादी अर्थतन्त्रमा सामन्तवादको अन्त्य हुनुको साथसाथै पुरानो प्रकारको पुँजीवादको एकाधिकारवादी र असमान तथा विषम विकासको प्रबृत्तिमाथि नियन्त्रण गरि वैज्ञानिक समाजवादमा रुपान्तरण हुने प्रक्रिया समाविष्ट हुन्छ । अर्थात् यो सर्वहारा वर्गको नेतृत्वमा वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लामो आर्थिक ( सामाजिक प्रक्रियाको प्रारम्भिक चरण हो र नयाँ जनवादका सबै आर्थिक नीतिहरु त्यसै दिशातिर परिलक्षित हुन्छन ।
नेपालमा नयाँ जनवादका आर्थिक नीतिहरुलाई निम्न बुँदाहरुमा संक्षेपमा राख्न सकिन्छ
२ (क) सामन्तवादको अन्त्य
नेपाली अर्थतन्त्र अहिलेसम्म कृषिप्रधान छ र कृषिमा सामन्ती श्रम सम्बन्ध नै मूल रुपमा विद्यमान छ । हुन त आफ्नो स्वामित्वको जमिन आफै जोत्ने भूस्वामी जोताहाहरुको संख्या देशभरमा अत्यधिक छ र पहाड र हिमाली भेगमा त्यो धेरै हदसम्म सत्य पनि हो , तैपनि खासगरी तराई र भित्री मधेसमा ठूलो मात्रामा तथा पहाडमा पनि उल्लेख्य मात्रामा जमिनमाथि सामन्ती स्वामित्व कायमै छ ।
ठूला जमिन्दारका नाममा , हिजोका राजा ( रजौटाहरु , शाहसमान्तहरु , राणा परिवारहरु , गुठीका नाममा , मठमन्दिरका नाममा , मौजावालहरुका नाममा , पुराना दरवारका भाईभार्दारहरुका नाममा , विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरुका नाममा अहिले पनि लाखौं ( करोडौं विघा जमिन रहेको छ । नयाँ जनवादी क्रान्तिले उनीहरूको जमिन जफत गरेर भूभिहिन किसानहरुलाई वितरण गरिन्छ । जमिन जोत्नेको नाममा कायम गरिन्छ । कृषिमा आौद्योगिक क्रान्ति गरिन्छ । किसानहरुलाई जमिनको मालिक बनाइन्छ ।
त्यसैले सबै प्रकारका सामन्ती सम्बन्धहरुको अन्त्य गर्नु नयाँ जनवादी अर्थतन्त्रको मूल नीति हो ।ठोस रुपमा भन्नुपर्दा सामन्तहरुको ( माथि उल्लेखित व्यक्तिहरुको नाममा रहेको) जमिन खोसेर विना मुआब्जा भूभिहिन तथा गरिबकिसानहरुमा वितरण गर्नु अर्थात् जमिनमाथि ू जसको जोत उसको पोत ू लागु गर्नु नयाँ जनवादको आधारभूत अर्थनीति हो । त्यसरी नै किसानहरुलाई सम्पूर्ण रुपले ऋणमुक्त गर्नु , उत्पादनका साधन र आफ्नो श्रममाथि किसानहरुको पूर्ण स्वामित्व कायम गर्नु र सबै प्रकारका गैर ( आर्थिक दबाबको अन्त्य गरि किसानहरुलाई पूर्णरूपले स्वतन्त्र बनाउनु नयाँ जनवादको अर्थनीति हो । साथै गरीब , साना तथा मध्यम किसानहरुलाई आघात नपर्ने गरि धनी किसानहरुको संरक्षण गर्ने नीति पनि नयाँ जनवादमा हुनेछ ।
समग्रमा भन्नुपर्दा नयाँ जनवाद भनेको उत्पादनको साधनमाथि व्यक्तिगत स्वामित्व कायम रहेको तर सामन्ती शोषणको अन्त्य भएको नयाँ प्रकारका पुँजीवादी अर्थव्यवस्था हो ।

२ (ख) दलाल तथा नोकरशाही पुँजीवादको उन्मुलन र राष्ट्रिय अर्थतन्त्रको विकास
खासगरी हाम्रो देश नेपाल सुगौली (सन १८१६ ) पछि तत्कालीन बृटिश भारतको अर्थउपनिवेश र सन १९४७ पछि मूलरुपमा भारतीय विस्तारवादको अर्थउपनिवेशको रुपमा कायम रहँदै आएकोले यहाँ राष्ट्रिय पुँजीको सञ्चय र विकासको प्रक्रिया अबरुद्ध हुँदै आएको छ र त्यसको सट्टामा यहाँ स्वदेशी सामन्तवाद र विदेशी साम्राज्यवाद र विस्तारवादको ठिमाहा सन्तानको रुपमा दलाल तथा नोकरशाही पुँजीवादको विकास भएको छ । सामान्यतया विदेशी एकाधिकारको पुँजीको अंग वा एजेन्टको रुपमा काम गर्ने , आर्जित मुनाफाको अत्यधिक अंश विदेशतिरै फर्काउने तर राज्यसँग नजोडिएको पुँजीलाई दलाल पुँजी ९ ऋयmउचबमयच ऋबउष्तब ि० भनिन्छ ।
त्यस्तै विदेशी एकाधिकारपुँजी र घरेलु सामन्तवादसंग जोडिएको प्रयाशस् राज्यसत्ताको आड लिएको र अधिकांशतस् वित्तीय पुँजीको रुपमा रहेको पुँजीलाई नोकरशाही पुँजी ९ द्यगचभबगअचबतष्अ ऋबउष्तब ि० भन्ने गरिन्छ । र यी दुबै पुँजीको जरा विदेशी एकाधिकार पुँजीमा हुने गरेको , दुबैको चरित्र एकाधिकारवादी भएको , उत्पीडित राष्ट्रहरुमा दुबैले प्रत्येक्ष वा परोक्ष रुपमा राज्यसत्ताको आड लिने गरेको , दुबै पुँजी अधिकांस गैर (उत्पादनशील क्षेत्रमा लाग्ने फलस्वरूप राष्ट्रिय आौद्योगिक पुँजीको विकासको निम्ति बाधक बन्न गएको र दुबैको चरित्र प्रतिगामी प्रकारको हुने गरेकोले यिनीहरूलाई फरक फरक रुपमा भन्दा एउट नोकरशाही पुँजीको रुपमा विश्लेषण र गणना गर्नु उपयुक्त देखिन्छ ।
त्यसैले नयाँ जनवादी अर्थनीतिको एउटा प्रमुख आधार दलाल तथा नोकरशाही पुँजीवादलाई पूर्णरूपले जफत गरेर राष्ट्रियकरण गर्ने र राष्ट्रिय आौद्योगिक पुँजीको विकास गर्नु हुनेछ । त्यस अन्तर्गत देशलाई विदेशी ऋणबाट मुक्त गर्ने , विदेशी बैंकमा थुपारिएको पुँजी स्वदेश फिर्ता गरि राष्ट्रियकरण गर्ने , व्यापारिक र वित्तीय क्षेत्रमा रुमल्लिएको पुँजीलाई आौद्योगिक क्षेत्रमा प्रवाहित गर्ने , स्वदेशी कच्चा पदार्थ र बजारमा आधारित उद्योगलाई प्रश्रय दिने , साना तथा घरेलु उद्योगहरुलाई विशेष सुबिधा , सहुलियत र संरक्षण दिने आदि नीति लागु हुनेछन । सार्वजनिक जीवनमा असर गर्ने तथा अर्थतन्त्रका आधारभूत उद्योग र व्यापार तथा विदेश व्यापार राज्यबाट सञ्चालित र नियन्त्रित हुनेछन ।

२ (ग) सन्तुलित र आत्मनिर्भर अर्थतन्त्रको विकास
सामान्तवाद , दलाल तथा नोकरशाही पुँजीवादको चरित्र स्वभावैले एकातिरवादी हुन्छ । त्यसैले त्यस्तो आर्थिक संरचनामा सबै क्षेत्रमा असन्तुलन र असमानता अपरिहार्य हुन्छ ।नेपालको वर्तमान सन्दर्भमा कृषि ,उद्योग र व्यापारको क्षेत्रमा रहेको असन्तुलनलाई गाउँ र शहरबीचको असमानता , तराई पहाड र हिमाली भेग अथवा पूर्व , मध्य र पश्चिमका भौगोलिक क्षेत्रहरुबीचमा विकासको असमानता टड्कारो रुपमा देख्न सकिन्छ । व्यापारको क्षेत्रमा रहेको दलाल दलालपुँजीपतिहरुको एकाधिकारको कारणले वस्तुहरुको कृतिम अभाव र अराजकतापूर्ण प्रकारको मूल्यवृद्धको मार आम जनता सहनु परिरहेको छ ।
आज देशको अर्थतन्त्र दलाल तथा नोकरशाहीहरु माफियाहरु , विचौलियाहरु , तस्करहरु ठेकेदारहरु , कालाव्यापारीहरु , मुनाफाखोरहरु भष्टचारीहरु , भूमाफियाहरु , साम्राज्यवाद तथा विस्तारवादका एजेन्टहरुले चलाइरहेका छन ।
सामन्तवादी कृषि अर्थतन्त्रको पछौटेपन र नोकरशाही पुँजीवादको एकाधिकारवादी चरित्रको कारण देशमा रोजगारीको अवसर ज्यादै कम भएर आज लाखौं युवा शक्ति विदेश पलायन भइरहेको छ । यहाँका दलाल शासकहरुले रेमिटेन्सलाई मुलुकको प्रमुख श्रोत मान्दै आएका छन् ।
नेपाली नयाँ जनवादी क्रान्तिले यस प्रकारको अर्थनीतिलाई ध्वस्त पारेर देश र जनताको लागि सन्तुलित र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दछ । नयाँ जनवादमा आधारित वैज्ञानिक समाजवाद हुँदै साम्यवादसम्म पुग्ने अर्थनीतिको विकास गर्दछ ।

२ (घ) वैज्ञानिक समाजवाद तर्फ उन्मुख अर्थतन्त्रको विकास
नयाँ जनवादी अर्थतन्त्र मूल रुपमा पुँजीवादी अर्थतन्त्र नै भए पनि यो नयाँ हुनुको मूल कारण यसको वैज्ञानिक समाजवाद उन्मुख चरित्र नै हो ।वर्तमान साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा उत्पीडित राष्ट्रहरुमा स्वतन्त्र रुपले पुरानो प्रकारको पुँजीवादको विकासको सम्भावना छैन । माथि उल्लेख भए झै हाम्रो जस्तो देश नेपालमा दलाल तथा नोकरशाही पुँजीवाद र सामन्तवादको अन्त्य नयाँ जनवादी क्रान्तिले गरेपछि त्यहाँ सर्वहारा वर्गको नेतृत्वमा निर्माण हुने नयाँ प्रकारको पुँजीवादी संरचना ज्यादै छोटो अवधिको निम्ति र वैज्ञानिक समाजवादमा शीघ्र संक्रमणको निम्ति मात्रै हुन्छ ।त्यसै नयाँ जनवादी अर्थव्यवस्थामा शुरुदेखि नै वैज्ञानिक समाजवादका भ्रुणहरु अर्थतन्त्रका विभिन्न हाँगा, विङ्गा हरुमा विभिन्न प्रकारले रोप्ने र हुर्काउने प्रयास भइरहेको हुनुपर्छ ।
किसानहरुमा पनि वैज्ञानिक समाजवादी चेतना विकास गर्नुपर्ने हुन्छ । त्यसरी नै अर्थतन्त्रका अरु क्षेत्रहरुमा पनि क्रमशः उत्पादनका साधनमाथि सामूहिक स्वामित्व कायम गर्ने र सामूहिक श्रम गर्ने पध्दति विकास गरेर वैज्ञानिक समाजवादमा संक्रमण गर्ने आधार तयार गर्नुपर्छ ।
३ नेपाली नयाँ जनवादी क्रान्तिको नेतृत्व
नेपालमा नयाँ जनवादी क्रान्तिको नेतृत्व नेपाली सर्वहारा वर्गको राजनीतिक संगठित अग्रदस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टीले गर्ने हो र हुदै पनि आएको छ । अर्थात माक्र्सवाद —लेनिनवाद— माओवादको पथप्रदर्शकमा मजदुर ( किसान एकताका आधारमा क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरिन्छ ।
४ नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशा र क्रान्तिको मोडेल
आजसम्म विश्वमा दुईवटा क्रान्तिका मोडेलहरु प्रयोगमा आएका छन् , ती हुन ( रुसी मोडेल स् सशस्त्र जनविद्रोहको मोडेल र दीर्घकालीन सशस्त्र जनयुद्धको मोडेल स् महान् चिनिया नयाँ जनवादी क्रान्तिको मोडेल ।
नेपाल २०५२ साल फागुन १ देखि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को पहलमा सञ्चालन गरिएको महान् दस वर्षे सशस्त्र जनयुद्ध चिनिया मोडेलको सशस्त्र जनयुद्धको मोडेल थियो । त्यो मोडेल हामीले प्रयोग गरिसकेका छौ ।
अब आजको नेपालको विशिष्ट परिस्थितिमा गरिने नेपाली नयाँ जनवादी क्रान्तिको कार्यदिशा अर्थात् क्रान्तिको मोडेल भनेको सशस्त्र जनविद्रोहको मोडेल हो , जुन रुसी अक्टोबर क्रान्तिको जस्तो नभएर नेपाली विशिष्टतामा आधारित शहरबाट केन्द्रीय सत्ता कब्जा गरेर क्रान्तिलाई गाउँतिर लैजाने क्रान्तिको मोडेल हो , जो नयाँ चरित्रको हुनेछ ।
त्यसैले शहरलाई क्रान्तिको अग्रभाग र गाउँलाई पृष्ठभागमा राखेर क्रान्तिको तयारी गर्ने कार्य दिशा नै वर्तमान नेपाली नयाँ जनवादी क्रान्तिको सामरिक कार्यदिशा हो ।
सशस्त्र जनविद्रोहको कार्यदिशाबाट क्रान्ति सम्पन्न गर्न सकिएन भने पुनः नेपाली क्रान्तिको बाटो छापामार शैलीमा फर्कनु पर्नेहुन्छ । त्यसो भएर कमरेड माओले भन्नुभएको छ , हामीले छापामार युध्दलाई कहिल्यै भुल्नु हुँदैन ।
केसी अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर