चैत्र १५ पोखरा ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को गण्डकी प्रदेश स्तरिय प्रथम भेला पोखरामा संपन्न भएको छ । भेलाको अध्यक्षता बाबुराम सुबेदीले गर्नु भएको थियोे भने भेलामा प्रमुख अतिथि संगठनका केन्द्रिय अध्यक्ष सिताराम तामाङ हुनुहुन्थ्यो भने अन्य अतिथिहरुमा संगठनका केन्द्रिय महासचिव धनेश्वर पोख्रेल, नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश नं ४ का सेक्रेटरी .किशोर, केन्द्रिय सदस्य तथा कास्की जिल्ला इन्चार्ज अरुण,केन्द्रिय सदस्य . निश्चल, कास्की सेक्रेटरी कर्ण बहादुर पुन,अखिल नेपाल लेखक संघका केन्द्रिय उपाध्यक्ष .परशुराम कोइराला, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)का केन्द्रिय सदस्य .यम बहादुर कार्की, .रेशमलाल सार्की र .तिलक बरालको उपस्थिती थियो । भेलामा स्वागत मन्तव्य तिलक बरालले गर्नु भएको थियो भने भेला सफलताको शुभकामना मन्तव्य राख्नेहरूमा अखिल नेपाल लेखक संघका केन्द्रिय उपाध्यक्ष परशुराम कोइराला,अखिल नेपाल महिला संघ (क्रान्तिकारी)कि केन्द्रिय सदस्य .देवी थापा,क्रान्तिकारी युवा लिगका केन्द्रिय सदस्य राज कुमार बिक,अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासँघकि केन्द्रिय सदस्य .बिना बुढाथोकी,देजमोका प्रतिनिधि .कर्ण बहादुर पुन हुनुहुन्थ्यो।
भेलालाई सmलताको शुभकामना मन्तव्य दिनेमा अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) केन्द्रिय अध्यक्ष सिताराम तामाङ र केन्द्रिय महासचिव धनेश्वर पोख्रेल हुुनुहुन्थ्यो ।


भेलाले १७ सदस्यीय निम्न अनुसारको अखिल नेपाल किसान महासँघ(क्रान्तिकारी)४ नं.प्रदेश समिति गठन गरेको छ ः
बाबुराम सुबेदी(तनहुँ)को अध्यक्षतामा उपाध्यक्षः .टिकाराम काफ्ले (नवलपुर),सचिबः– .तिलक बराल(कास्की) र कोषाध्यक्षः–.यम कार्की (पर्वत) निर्वाचित हुनु भएको छ । त्यसैगरी सचिवालय सदस्यमा .रेशमलाल सार्की (तनहुँ) र देवी थापा(कास्की) चयन हुनु भएकोछ ।
सदस्यहरुमा .दिल कुमारी पुन(कास्की), .अमृत राना(गोरखा), .श्रीराम लम्साल(तनहुँ), भोजराज पंगेनि(स्याङ्जा),.कुमार थापा (बागलुङ),.चिरञ्जिवी पंगेनि(नवलपुर),.तारा थापा (पर्वत).देव प्रसाद सुर्खेती(तनहुँ) र तीन जना सदस्यहरु ३ सदस्य पछि थप गर्ने निर्णय गरेको भेृलाको सञ्चालन टिकाराम काफ्लेले गर्नु भएको थियो ।
भेला पछि नवगठित कार्य समितिको प्रथम बैठक सोही स्थानमा बस्यो र बैठकले निम्न संघर्षको निर्णयहरु समेत गरेको छः
१ किसान संघर्षलाई नयाँ उचाई दिने ।
२ राष्ट्रघाती एमसीसी संझौताको विरुद्ध निरन्तर संघर्ष गर्ने ।
३ बैशाख ३० हुने स्थानीय चुनावको शशक्त बहिष्कार गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर