नवलपरासी – नेकपा (क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीको जिल्ला भेलाले सन्तोष तिवारीको संयोजकत्वमा ९ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको छ । वर्दघाटमा मंगलवार सम्पन्न भेलाले समिति गठन भएको हो । समितिको सदस्यहरुमा अर्जुन भुसाल ; खुसी थापा; अनिसा गिरी ; सुदिप नेपाली ;आकाश खनाल सागर डुम्रेलगायत रहनु भएको छ ।
कार्यक्रममा क्रान्तिकारी माओवादी लुम्बिनी प्रदेश सदस्य एंव कार्यबहाक जिल्ला सेक्रेटरी संकल्पले बिद्यार्थीहरुलाई शैक्षिक आन्दोलन संगै राष्ट्रिय स्वाधीनताको आन्दोलनमा होमिन आग्रह गर्नुभयो ।
कार्यक्रममा सो पार्टीका लुम्बिनी प्रदेश सदस्य तथा जनवर्गीय मोर्चा संगठनका फ्याक्र्सन ईञ्चार्ज समरले एमसीसी बिरुद्धको आन्दोलनले राजनैतिक आन्दोलनको दिशा तय गर्ने बताउनुभयो ।
कार्यक्रममा अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला संयोजक बोल्गा नेपालले शैक्षिक आन्दोलनमा शिक्षक बिद्यार्थी एकाकार भएर अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।
अखिल क्रान्तिकारीका नव निर्वाचित जिल्ला संयोजक सन्तोष तिवारीले जनयुद्धकालीन नेताहरु प्रचण्डहरुलगायतले गलत दिशा लिएका कारण राजनैतिक आन्दोलन संगै शैक्षिक आन्दोलनले धक्का खाएको उल्लेख गर्दै नयाँ सिराबाट शैक्षिक आन्दोलन उठाउने प्रतिबद्धता राख्नुभयो ।
कार्यक्रम अखिल क्रान्तिकारीका लुम्बिनी प्रदेश सदस्य एंव जिल्ला संयोजक रमेश पाण्डेयको अध्यक्षतामा भएको थियो । संयोजक पाण्डेलाई बिद्यार्थी संगठनबाट बिदाई गर्दै भेला भएको हो । आफु अर्काे मोर्चामा रहने पाण्डेले प्रतिबद्धता ब्यक्त गर्दै राष्ट्रवादी एमसीसी बिरुद्ध जनतालाई पार्टीले अझ स्पष्ट रुपमा बुझाउन आवश्यक रहेको बताउनुभयो ।































