काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेमसंघ (क्रान्तिकारी)सहित ६ कम्युनिस्ट पार्टी र २ माेर्चा निकट महिला संगठनहरुले संयुक्त रुपमा र्यालीसहित जनसभा गरी ११२ आैं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपमा मनाएका छन् ।
१२ बजे रत्नपार्क शान्तिबाटिकाबाट सुरु भएकाे र्याली पुरानाे बसपार्क, सुन्धरा, वायुसेवा निगम, वीर अस्पताल हुँदै पुनः शान्तिबाटिकामा पुगेर जनसभामा परिणत भएकाे थियाे । र्यालीमा महिलामाथि भएका लैङ्गिक हिंसा, हत्या, बलात्कार, चेलीबेटी बेचविखन लगायत राज्यकाे संरक्षणमा हुने महिलामाथि हुने र गरिने अपराधका विरुद्ध चर्काे नाराबाजी गरिएकाे थियाे । र्यालीमा राष्ट्रिय स्वाधीनताकाे पक्षमा र राष्ट्रघाती एमसीसीकाे विरुद्धमा पनि नारा लगाइएकाे थियाे । 
र्यालीपछिकाे जनसभालाई नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य परि थापा, राष्ट्रिय जनमाेर्चाकी उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य दुर्गा पाैडेल, नेकपा (विप्लव)कि नेतृ उमा भुजेल, वैज्ञानिक समाजवादी महिला संघकी अध्यक्ष धनकुमारी सुनारलगायतले सम्बाेधन गर्नु भएकाे थियाे ।
अनेमसंघ (क्रान्तिकारी)कि अध्यक्ष अम्बिका मुडभरीले सञ्चालन गरेकाे जनसभाकाे अध्यक्षता अनेमसंघ क्रान्तिकारी कि अध्यक्ष बन्धु चन्दले गर्नुभएकाे थियाे ।
जनसभामा अखिल नेपाल महिला युनियनकी सारदा श्रेष्ठ, अनेमसंघकी मिना पुन, खुमा सुवेदी, सीता सुवेदी लगायतका महिला नेतृहरुकाे पनि आतिथ्यता रहेकाे थियाे ।
ऋतु केसीले स्वागत मन्तव्य राखेकाे जनसभामा सामना साँस्कृतिक परिवारका कलाकारहरुले क्रान्तिकारी गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।































