गाइघाट,उदयपुर/  संसदबाट ब्याख्यात्मक घोषणा मार्फत एमसीसी पास भएपछि पहिलो पटक आन्दोलनरत ६ राजनैतिक कम्युनिस्ट घटक र दुई मोर्चाले आइतबार उदयपुरमा बृहत् अन्तरक्रिया कार्यक्रम गरेका छन् ।

“सम्पुर्ण देशभक्त प्रगतिशील नागरिक एक हौं, रास्ट्रिय स्वाधीनताको रक्षा गरौं“ भन्ने मुल नाराका साथ एमसीसीको विरुद्धमा ‘रास्ट्रघाती एमसीसी सम्झौता र रास्ट्रिय स्वाधीनताको प्रश्न’ बिषयक एक दिने अन्तरक्रिया सदरमुकाम गाइघाटमा गरिएको हो ।


उक्त कार्यक्रममा क्रान्तिकारी माओबादिका केन्द्रिय सदस्य मोहन सिङ तामाङ, नेकपा बिप्लबका केन्द्रिय सदस्य बिबेक कुमाल, बैज्ञानिक समाजबादी कम्युनिस्ट पार्टीका गोकुल राई, माओबादी कम्युनिस्ट पार्टीका जगत कटुवाल, जसपाका नेता खुम्बराज खत्री अदब, राप्रपाका श्याम पौडेल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य मधुकर थापा र नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्काले आ–आफ्नो धारणा राखेका थिए ।


उक्त कार्यक्रममा संसदवादीहरुले नेपाली जनताको हित बिपरित जबरजस्ती एमसीसी पास गरेकोले उनिहरुलाइ लेण्डुप दोर्जेको संज्ञा दिदै अमेरिकी साम्राज्यवादले नेपाललाई सहयोगको नाममा कब्जा गर्न लागेकोले यसको विरुद्धमा जनता प्रतिरोध संघर्षमा उत्रनु पर्ने विचार वक्ताहरुले व्यक्त गरेका थिए । एमसीसी कुनै पनि हालतमा कार्यान्वयन गर्न दिन नहुने बताउंदै अब रास्ट्रिय स्वाधीनताको लागि रास्ट्रिय मुक्ति आन्दोलनलाई सशक्त बनाउनुपर्नेमा जोड दिए ।

अन्तरक्रिया कार्यक्रम क्रान्तिकारी माओवादीका सेक्रेटरी शंकर पौडेललको अध्यक्षता र नेकपाका सेक्रेटरी लक्ष्मण पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर