किन विभेद ?

किन विभेद ?

 

तिम्रो मेरो रगतको रङ्ग फरक छैन
यौटै छनी बनावट ढङ्ग फरक छैन
किन भयो विभेद यो रातो रगतको
बराबर हैसियत हो सृष्टि जगतको
तिमी मान्छे हामी मान्छे किन फरक ?
सृष्टि यौटै किन भयो दृस्टि अलग
एकलै मात्रै सन्सारको गति चल्दैन
बिना हामी तिम्रो किन चुलो बल्दैन ?
प्रकृतिको उपजमा भिन्न बन्यो रित
नियम अनि कानुनमा एकको बन्यो जित
मान्छेभित्र स्वार्थले नै अर्को निषेध गरे
एकाअधिकार हुन गयो अधिकार हरे
शोषण र दमनका बने पुराण बेद
झाङ्गिएर सबैतिर बन्दै विभेद
पाउन पर्छ हकमा सबै भै बराबर
सरिरमा हुन पर्छ आफ्नै अधिकार
हुनुहुन्न पराधिन फुल्न सक्न पर्छ
बिकास उन्नतिमा खुल्न सक्न पर्छ