
नवलपरासी : संयुक्त महिला संर्घष समिति पश्चिम नवलपरासीले ८ मार्चको अवसरमा सुनवलमा ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउने तयारी गरेको छ । एमसीसी बिरुद्धको आन्दोलनमा रहेको समितिले संर्घषकै रुपमा दिवस मनाउने भएको अखिल नेपाल महिला संघ ( क्रान्तिकारी) जिल्ला संयोजक उर्मिला थापाले जानकारी दिनुभयो । समितिमा ६ दल दुई मोर्चा सम्बद्ध महिला संगठन अनेमंघ (क्रान्तिकारी) अनेमसंघ लगायतका संगठन क्रियाशिल रहेका छन् । त्यस्तै संयुक्त बिद्यार्थी संर्घष समितिले समेत आन्दोलनको तयारी गरेको बताइएको छ ।
