
बर्दिया : नेकपा (माओवादी केन्द्र) बढैयाताल गाउ कमिटी सदस्य उषा थापा एकताले माके परित्याग गरेर नेकपा ( क्रान्तिकारी माओवादी)मा समाहित भएको उल्लेख गर्नुभएको छ । माकेबाट महिला मुक्ति आन्दोलन र राष्ट्रिय स्वाधीनताको रक्षा नहुने भएकोले माके परित्याग गरेको उहाँले बताउनुभएको उहाँको भनाई उदृत गर्दै क्रान्तिकारी माओवादी बर्दिया सेक्रेटरी बिपिनले जानकारी दिनुभयो ।
