काठमाडौं । नेपालमा गएको २४ घण्टामा ६ हजार ८२७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ८६९ जनाको नमूना परीक्षण गर्दा ६ हजार ८२७ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार, काठमाडौंमा २१५३, ललितपुरमा ५१९ र भक्तपुरमा २६८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८९ हजार ९ सय ४१ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार