करिब करिब
तिमीले
भुलिसकेका छौ
करिब करिब
एक दशकदेखि
मानिसको भाषा
तिमीले
करिब करिब
एक दशकदेखि
मानिसको
चित्र कोर्ने
कलाकार र कुची
भाँचेर मारेर
कतै कुनातिर
फालिसकेका छौ
करिब करिब
एक दशकदेखि नै
हो क्यारे
तिमी र तिम्राहरु
मुक्तिको
रक्तरंजित पथलाई
कच्याककुचुक पारी
भत्काएर
उत्सव मनाइ रहेका छौ
हत्या गरेर
आफ्नै मस्तिष्कको
मेटेर आफैले
हिंडेका
सहिदी पाइलाहरुलाई
करिब करिब
मानिसले बोल्ने
ध्वनि बिर्सिसकेका छौ
हामी भने
दशकौंदेखि
विद्रोहको ध्वनि
मानिसको भाषा
खोजी खोजी
हिंडिरहेका छौं
करिब करिब
केही दशकदेखि
तिमी बेइमान
र गद्दार
भएका छौ ।
यान्त्रिक फुल
अँध्यारोलाई
जिस्क्याउँछ
र लात्ती हान्न खोज्छ
आकाश पनि देख्दैन
भुइँको भेउ पनि छाम्दैन
जरा फेद हाँगाबिना
फुल फुलाउन खोज्छ
टाउको र खुट्टाबिना
दगुर्न खोज्छ
माथि माथि
दिक् काल गतिहीन
उत्तरआधुनिक
यान्त्रिक फुल
हिड्दा हिड्दै
उसले
हिंड्दाहिंड्दै
के थाहा पायो कुन्नि
पहिले सपनाका आँखामा
तेजाब फ्याँक्यो
आफुसँग भएका
असल हतियार
दुस्मनलाई बुझायो
आफैंले लेखेका डायरी
कलम र केही तस्बिर
च्यातचुत पा-यो
मित्र प्रियजन
कसैलाई पनि
थाहै नदिई
उसले दिनदहाडै
सपनाको हत्या गर्यो
छाती पिठ्युँ टाउकोमा
बेसरी प्रहार ग-यो
मानिसका हुलबाट
बेतहासा भाग्यो
यसरी एउटा
सपनाको इतिहासमा
हिड्दाहिड्दै
बिर्सन नसकिने
क्षमा पनि दुब्लो हुने
घात गरी भाग्यो































