फेरि बढाइयो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढाइयो पेट्रोलियम पदार्थको मूल्य

 काठमाडौं । नेपाल आयल निगम लिमिटेडले बुधबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य ३–३ रुपैयाँ प्रतिलिटर बढाएको हो ।

त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य ५ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य १ सय डलर प्रतिकिलोलिटर वृद्धि गरिएको छ ।
मूल्यवृद्धि पछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ३९ रुपैयाँ, डिजेल तथा मट्टितेल समान १ सय २२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

त्यस्तै आन्तरिक हवाइ इन्धनको मूल्य एक सय ६ रुपैयाँ र बाह्य हवाइ इन्धनको मूल्य ९ सय ९५ रुपैयाँ प्रतिकिलोलिटर निर्धारण गरेको छ ।