चुनाव आउँदा घरगाउँमा राजनीति तुफान चल्छ
घोषणा पत्र एजेण्डामा देश निर्माणको बखान चल्छ
नारा जुलुस घन्काउँछन गाउँ बस्ति चोकचोकमा
पार्टी बीचमा होडबाजी र प्रचारबाजी उठान चल्छ
झुक्याउनलाई दौडधुप गरिबका ति झुपडीमा
झुटा सिध्दान्तका चिप्ला भाषण रटान चल्छ
सत्ता भत्ता कुर्चिखेलमा बिगत त्यसै खेर फाली
खै त क्रान्ति ? त्यहि सोधखोजको बिधान चल्छ
इमानमा चल्न सके पाउँछन विस्वास जनताको
हारजित कस्को भन्दै अभिमतको किटान चल्छ
खजुरा बाँके