हामी गण्डक अभियानमा छौँ

हामी गण्डक अभियानमा छौँ

१ माघ २०६२
साँझ ७ ः ४० बजे (भोचाखर्क, गोठादी, पाल्पा)
‘यो गामठाम निकै रमाइलो । थिति पनि ठीकै छ‘करे ।’ आजको मेरो दैनिकी अथवा अनुभूति दुई वाक्यमै भए पनि यहाँको ठेट भाषामै अभिव्यक्ति गर्नु मनासिबै लाग्यो मलाई । हरेक ठाउँअनुसार आ-आफ्नै ठेट भाषा त हुन्छ नै । तर मलाई यहाँ बिछट्टै राम्रो लाग्यो । मैले पश्चिम जाजरकोटतिर कुल्चेको पनि उहिल्यै हो । पाँचकाटिया प्रहरीचौकि रेडमा जाँदा पहिलोपटक कुल्चेको हुँ । तल रिम्ना दोभानको पुल तरेर उकालो चढ्दाको क्षण अहिलेझैँ लाग्छ, भरखरै जस्तो । बडालेकको बसाइँ, भलिबल खेलाई, माथि लहँ गाउँको घिउ खुवाई, वर जङ्गल (जङ्गलको नाम भुलिहाले“ अहिले) मा काफल खाँदै बसेको क्षण साँच्चै भर्खरैजस्तो लाग्छ । त्यसो त ६ वर्षभन्दा बढी भइसक्यो अहिले । मनमा केही ताजै छ, केही सपाट छ, केही धुमिल छ, सम्झनाका पानाका तस्बीरहरूमा । सबै सजीव त कहाँ राखिँदो रहेछ र ? मान्छेको दिमाग न हो भुलिँदोरहेछ । तर माथि उल्लिखित अनुभूति कति अचम्मैले ताजै छ बाबै । मैले भन्न खोजेको के हो भने त्यहाँको ठेट भाषा पनि सुनेको छु मैले । त्यहाँ डेउडाको भाकामा बोल्छन् । कति आत्मीयसाथ बोलेका थिए त्यो बेला ।

आज पनि गण्डक क्षेत्रको यो मृदुभाषा, यो आत्मीयता, यो सत्कारपना, यो सदासयता मलाई अधिक मीठो लागिरहेछ । कतिपय ठाउँ ‘सभ्यता’ले गाँजेर अति कुरूप, बेइमानी र असहिष्णुतामा डुबाएको छ । कतिपय कति निश्छल कति निस्कपट छन् । साँच्चै अग्रगामी चेतनाका धनि पनि छन्, गरीब पनि । सामूहिक चेतना र भावनाका संबाहक पनि छन्, उपहासक पनि । बुर्जुवा शिक्षाको ज्योति हो, निरपेक्ष शिक्षाको ज्योति यस्तै हुन्छ, सायद । प्रतिक्रियावादीहरू सँधै के सोच्छन् भने शिक्षा अथवा निरपेक्ष शिक्षा प्रणालीमा सामाजिक गतिविधि अथवा राजनीतिक लाइनबाट विद्यार्थीलाई टाढा राखेर निश्चित विषयमा मात्र दक्ष बनाउँछन् । उनीहरूलाई कतिपय सामाजिक आधारभित्र पनि उत्पादक शक्तिमा मात्र वा साधनमा मात्र दख्खल बनाइन्छ । त्यससँग सम्बन्धित पक्ष अथवा स्वामित्वबारे बेखबर बनाइन्छ । यो बुर्जुवा वर्गको बिखण्डित प्रणाली हो । बिकेन्द्रीकरणको कुरूप नमुना हो । जब कि यथार्थमा आधारसँग उपरीसंरचनाको परस्पर सम्बन्ध हुन्छ । एक पक्ष नभई अर्को रहनै सक्तैन । उनीहरूको निहित स्वार्थमा खलल नपुगोस् भन्नको खातिर एक पक्ष कटाएर अर्को पक्षमा मात्र सुगारटाई गरिन्छ । त्यसैले परिणाममा के निस्कन्छ भने व्यक्तिगत स्वार्थले घेरिएको नागरिक जन्मिन्छन् । यसो हुनु शासकको शुभ सोचाई मान्छन् बुर्जुवाहरू । त्यसकारण मलाई के लाग्यो भने यो बुर्जुवा शिक्षाले यहाँ विद्वान पनि जन्माएको छ । मुर्ख पनि जन्माएको छ । मैले यस्तो देखे“ । यस्तै भोगे“ । मैले तुच्छ स्वार्थीहरू पनि भेटे“ । उदात्त निस्वार्थीहरू पनि भेटे“ । अनि अनुभूतिमा यस्तै लेखे“ । जस्तो पाएँ उस्तै लेखे“ ।

यो कुरा यहीँ थाती राखौँ । अब लागौँ, मरै अनुभूतिजन्य दिनमा । इन्द्रियग्राह्यजन्य क्षणमा जाऔँ ।

यो मनको कुरो पनि बडो अजिवको हँुदोरहेछ । कतिपय भनेपछि आनन्द मिल्ने । कतिपय नभनेर नै जाती हुने । भन्नै नहुने कुरो गरेपछि बिस्मयकारी हुन्छ । भन्न हुने कुरो गरेपछि ज्ञानबद्र्धक हुन्छ । तर मन चाहीँ धेरै सामथ्र्यवान हुन्छ । यी दुबै कुरा बोकेको हुन्छ । यो ज्ञानबद्र्धक र हानिकारक भन्ने कुरो त परिस्थितिअनुसार नै हुने गर्छ । अहिले ज्ञानबद्र्धक छ, भोली हानिकारक हुनसक्छ । अहिले हानिकारक छ भोली ज्ञानबद्र्धक । मेरो मनमा यस्तै धेरै कुरा छन् गण्डक यात्राका अनुभूतिका पानामा । भोली समयले ज्ञानबद्र्धक बनाइदिएमा भन्ने नै छु । हैन भने मानसपटलमै कैद भई बस्नेछन् । तर आत्मसङ†घर्षको यो मोर्चामा म भन्नै नहुने कुराबाट कहिल्यै हार्ने छैन ।

अँ त आज मौसम निकै धमिलो छ । तँुवालोले ढाकेको घाम तेजहीन छ । धँुवाभित्र आँशु झार्दै आगो तापिरहेका बृद्ध मान्छेझैँ देखिन्छ यहीँ नजिकैको डाँडा पनि । टाढाको झन् कुरै छाडौँ । देखिँदै देखिन्न ।

डीभीजन कार्यालयबाट जानकारी आएको छ ‘आज यतै बस्ने ।’ बिहानको खाना साढेदस बजे खाइसकेपछि नुहाउन तल खोलामा झर्‍यौँ । पानी धेरै चिसो छ । उसै त झन् खराब मौसम । जेनतेन नुहाइधुवाई गरिसकेपछि फक्र्यौं ।

दिउँसो केही आराम गरियो । साँझ खाना खानै लाग्दा तयारी अवस्थामा बस्ने आदेश आएपछि एकपटक सबै सल्बलायौँ । तर दोस्रो खबर आयो ‘अब नहिँड्ने ।’ भोली ५ बजे हिँड्ने खबर आएको छ । हाम्रो बटालियनले बिहानको खाना ४ः२० बजे खाइसक्ने सल्लाह भएको छ । यसको लागि रातको साढे दुई बजेदेखि खाना पकाउने निर्देशन गरिएको छ । यो कुरो कमरेड ध्रुव र आस्था कमरेडले कम्पनी कमिसार र कमान्डरलाई बोलाई जानकारी गराइसक्नुभएको छ । साथै बजारबाट मगाइएको लजिष्टिक पनि बितरण गर्नुभयो । कपडा कमरेड सुधीरले ल्याउनु भएथ्यो । हिसाब मिलेन भन्दै अलिक निमग्न देखिनुहुन्छ बिलमै । सकि यता पल्टाउनुहुन्छ, सकि उता जोड्नु हुन्छ । निकै सकसमा पर्नुभएको छ उहाँ ।

उता स्याङजातिरको भिडन्तबारे खबर आएको तर फोनबाट नभन्ने कुरो डीभीजन भीसी कमरेडले गर्नुभएपछि ‘के होला त ?’ भन्ने निकै खुलदुली लागिरेछ । कमिसार दिदी आस्था पनि यसै भन्दै सुतिसक्नु भएको छ । मलाई लाग्छ, त्यहाँ हाम्रोतर्फ धेरै ठूलो क्षति भएको हुनुपर्छ । सम्भवतः धेरै कमरेडहरूको सहादत भएको हुनसक्ने आशङ्का गरेको छु मैले । यो अपुष्ट आशङ्का मैले सहयोद्धाहरूलाई भन्न हुन्न ।
भोली सबरै उठनु परेको छ हामी सबै ।