काठमाडौं/अखिल नेपाल जनसांस्कृतिक महासङ्घले आज एक विज्ञप्ती जारी गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेखसम्म बाटो बनाएको भनी केही दिन अगाडि दिएको सार्वजनिक अभिव्यक्तिको निन्दा र भत्र्सना गरेको छ ।

सङ्गठनका अध्यक्ष जगदीश चन्द्र तथा महासचिव हिरामणि दुःखीको संयुक्त हस्ताक्षरमा जारी वक्तव्यमा भनिएको छ-‘ हालै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक कार्यक्रममा नेपालको सार्वभौमसत्तामाथि हस्तक्षेप हुने गरी तिब्बतको मानसरोवर पुुग्नका लागि नेपालको भूभागमा पर्ने लिपुलेकसम्म सडक विस्तार भइसकेकोे भनी दिएको अभिव्यक्ति प्रति हाम्रो सङ्गठनको ध्यानाकर्षण भएको छ र उक्त कार्यको हाम्रो सङ्गठन तीव्र निन्दा एवम् घोर भत्र्सना गर्दछ ।’ भारती शासक वर्गले यस अघि पनि नेपालको दर्जनौ ठाउँको भूभाग मिचेको र नेपालमाथि अनेकौँ प्रकारले गरिएको हस्तक्षपको पनि विरोध गरेको छ ।

भरखरै मात्र सङ्गठनको केन्द्रीय समितिको बैठकका निणर्यहरूबारे जानकारी गराउन जारी गरिएको वक्तव्यमा नेपालको संसदबाट पारित गर्न र गराउन लागिएको राष्ट्रघाती एमसीसी सम्भौताको पनि कडा रूपमा विरोध गरेको जनाएको छ । उसले यसप्रकारका राष्ट्रघाती सम्झौता तथा नेपालमाथि भइरहेको वैदेशिक हस्तक्षपका विरुछ सम्पूणर् संस्कृतिकर्मीहरू एकजुट भएर विारोधमा उत्रन आह्वान पनि गरेको छ । वक्तव्यमा नेपालमा भइरहेको वर्तमान सरकारद्वारा सिर्जित वेरोजगारी, भ्रष्टाचार, कमिशनतन्त्र, दिनहुँजसो आकशिँदै गएको महङ्गी र कालो बजारीबाट आक्रान्त नेपाली जनताको दैनिक जीवन झन् झन् कष्टकर हुँदै गएको जनाउँदै त्यसका विरुद्ध सशक्त रूपमा प्रतिरोधमा उत्रनुपर्ने जनाएको छ । वक्तव्यको पूणर् पाठ यसप्रकार छ-

प्रतिक्रिया

सम्बन्धित खवर