महिला विश्वकप फुटबलमा अमेरिका सेमिफाइनलमा

प्रकाशित मिति : २०७६ असार १४

काठमाडौं । महिला विश्वकप फुटबल प्रतिस्पर्धामा अमेरिकी टिम सेमिफाइनलमा पुगेको छ । शनिबार बिहान भएको खेलमा अमेरिकी टिमले फ्रान्सेली टिमलाई हराउँदै सेमिफाइनल पुगेको हो । प्रतिस्पर्धामा अमेरिकाले फ्रान्सलाई २–१ गोल अन्तर पराजित गरेको थियो ।

यो खेलमा भएको अमेरिकी टिमको जितमा मेगन रापिनोको भूमिका अहम् रहेको छ । खेलको दुई गोल उनैले गरेकी थिइन् । उनले गरेका यी दुई गोलहरुमध्ये पहिलो गोल खेलको पाँचौ मिनेटमा र दोस्रो गोल खेलको ६५ औ मिनेटमा गरेकी थिइन् ।

सेमिफाइनलमा अमेरिकाले इङ्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।