अस्ट्रेलिया क्रिकेट विश्वकपको सेमिफाइनलमा

प्रकाशित मिति : २०७६ असार ११

काठमाडौं । अस्ट्रेलिया क्रिकेट विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । जारी वान डे विश्वकप प्रतियोगितामा आयोजक इङ्ल्याण्डलाई पराजित गरेपछि अस्ट्रेलिया सेमिफाइनलमा पुगेको हो । इङ्ल्याण्डको पराजयपछि यसअघि पाँच पटकको विश्वकप विजेता अस्ट्रेलिया जारी विश्वकप क्रिकेटको पनि सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

हारसँगै आयोजक इङ्ल्याण्डको सेमिफाइनल यात्रा गम्भीर मोडमा पुगेको छ । इङ्ल्याण्डको हारलाई सेमिफाइनलको दौडमा रोचकताका साथ लिइएको छ ।

अब इङ्ल्याण्डले सेमि फाइनलमा प्रवेशको मौका पाउनका लागि दुई खेल खेल्न बाँकी छ । तर सेमिफाइनलमा पुग्न उसले दुबै म्याच अनिवार्य जित्नुपर्ने बाध्यता आइ लागेको छ ।

मंगलबार भएको खेलमा इङ्ल्याण्ड ६४ रनले अष्ट्रेलियद्वारा पराजित भएको हो । पहिले ब्याटिङ गर्दै अस्ट्रेलियाले ७ विकेटको क्षतिमा उसलाई २८६ रनको लक्ष्य दिएको थियो । तर जवाफी ब्याटिङमा आएको इंल्याण्ड ४४.४ ओभरमै २२१ रन बनाउँदा अलआउट हुन पुगेको हो ।