इङल्याण्ड र वेष्टइण्डिज आमनेसामने

प्रकाशित मिति : २०७६ जेष्ठ ३१

काठमाडौं । इङल्याण्ड र वेष्टइण्डिज बीचमा शुक्रवार आमनेसामन भिडन्त हुने भएको छ । तुलनात्मक रुपमा वेस्ट इन्डिजमा राम्रा ब्याट्सम्यान छन् । उता इङ्ल्यान्डका पनि राम्रा ब्याट्सम्यान र बलर छन् ।

तथापि इङल्याण्डले अहिलेसम्म विश्वकप उपाधि चुमेको छैन । यसपटक घरेलु मैदानमा सानदार प्रदर्शन गरिरहेको इङ्ल्यान्ड उपाधि हात पार्ने कसरत गरिरहेको छ । तर पनि वेस्ट इन्डिज इङ्ल्यान्डका लागि बलियो चुनौती हो ।

जारी विश्वकपमा यी दुवै टोलीको यो चौथो खेल हो । इङ्ल्यान्डले यसअघि उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई एक सय ४ रनले हराएको थियो । दोस्रो खेलमा पाकिस्तानसँग १४ रनले पराजित भएको इङ्ल्यान्डले तेस्रो खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गरेको थियो । यसैगरी वेस्ट इन्डिजले पहिलो खेलमा पाकिस्तानलाई सात विकेटले हाराएको थियो ।

दोस्रो खेलमा अष्ट्रेलियासँग १५ रनले पराजित भएको वेस्ट इन्डिजले तेस्रो खेलमा अंक बाँडेको थियो । सर्प, बिच्छि र भ्यागुताको झैं खेलमा रहेका इङ्ल्यान्ड चार अंक सहित चौथो स्थानमा र वेस्ट इन्डिज तीन अंकसहित छैठौं स्थानमा छ ।