किम परिवार : अन्तरविरोध, रङरोगन र वास्तविकता

प्रकाशित मिति : २०७६ जेष्ठ २९

कठमाडौं । पछिल्लो चरणमा आएर उत्तर कोरियाली नेता किम जोङ अनका सौतेला दाजु किम जोङ नाम अमेरिकी गुप्तचर एजेन्सी सीआईएका एजेन्ट थिए भनेर अमेरिकी जर्नलहरुले नै लेखेका छन् । यो कुरालाई कसैले दाबी भनेका छन् भने कसैले साँचो भएको पनि बताइरहेका छन् । तर यो गोप्य भनिएको कुरा पश्चिमा र अमेरिकी सञ्चार माध्यमहरुले प्रकाशनमा ल्याएका हुन् ।

केही वर्षअघि विषाक्त औषधि मुखमा लगाएर हत्या गरिएका भनिएका किम जोङ नामका बारेमा आएको यो आरोप तथ्य हो वा होइन भनेर बोलिदिने कोही पनि छैन । खेल वर्तमान सत्ताधारीहरुका बीचमा चलिरहेको छ । तथापि नको बाक्लो भेटघाट र बसउठ सीआईएका अधिकारीहरुसँग भएको बताइएको छ ।

यो कुरामा त्रिदेशीय दाबी प्रतिदाबी चलिरहेको छ । जसमा उत्तरकोरिया, दक्षिण कोरिया र अमेरिका मुख्य छन् । दक्षिण कोरियाली अधिकारीले त उत्तर कोरियाली नेता किमले अनको आदेश अनुसार नै किम जोङ नामको हत्या भएको दाबी गर्ने गरेका छन् ।

यद्यपि उत्तर कोरियाले किम जोङ नामको हत्यामा आफ्नो संलग्नताको आरोप ठाडै अस्वीकार गर्दै आएको छ । सीआइएसँग सम्बन्ध रहेको सञ्चारमाध्यममा रिपोर्ट आएपनि किम र सीआइएबीचको सम्बन्धबारे न त विस्तृत कुरा खुलेको छ, न त कोही कसैले स्वतन्त्र रुपमा पुष्टि गरेको छ ।
अमेरिकी वाल स्ट्रिट जर्नलका अनुसार सीआईएका गुप्तचरसँग ४५ वर्षीय किमको केही पटक कुराकानी भइसकेको भनी समाचार प्रकाशित गरेको छ ।

त्यसो त अन्तर्राष्ट्रिय कुटनीतिक भेटघाट सबै देशका पहिचान बनाएका मानिसहरुबीचमा भइरहने गर्दछ । आरोप र प्रत्यारोप गरी कुनै व्यक्तिमाथि हुनजाने ‘एक्सप्लोइट’ वा आरोपित शोषण मा कति सत्यता रहला भन्न गाह्रो छ ।

सन् २०१७ मा मलेसियाको क्लालम्पुर विमानस्थलमा दुई युवतीले उनको अनुहारमा बिषालु ‘भीएक्स नर्भ एजेन्ट’ दलेर छोडिदिएलगत्तै उनलाई मृत घोषणा गरिएको थियो