नेपाल दलित मुक्ति मोर्चा रामेछापको प्रथम भेला सम्पन्न

जितमान घतानीको संयोजकत्वमा ७ सदस्यीय भेला आयोजक समिति गठन

प्रकाशित मिति : २०७६ जेष्ठ २९

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) निकट नेपाल दलित मुक्ति मोर्चा रामेछापको प्रथम भेला सम्पन्न भएको छ । मंगलबार सम्पन्न भेलाले जितमान घतानीको संयोजकत्वमा ७ सदस्यीय नेपाल दलित मुक्ति मोर्चा, रामेछाप जिल्ला भेला आयोजक समिति गठन गरेको छ । गठित भेला आयोजक समितिका सदस्यहरुमा क्रमशः कालिका दियाली, कुमार खाती, मनोज नेपाली, ज्ञानबहादुर सुन्दास र सरिता लुगन चयन भएका छन् । हुनुभएको छ ।

भेललाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा अतिथिहरुले शुभकामना मन्तव्य राख्ने क्रममा दलित तथा उत्पीडित समुदायमाथि हालसम्म पनि विभेद कम नभएको र सरकारले घोषणा गरेको छुवाछूत मुक्त राष्ट्र फगत गफमा मात्र सीमित भएको भनाइ राखेका थिए । सरकार दलित तथा उत्पीडित समुदायलाई अधिकार दिन नचाहेको कुरामा जोड दिइएको थियो । वर्तमान संविधानले उत्पीडित तथा दलित समुदायलाई अधिकार दिन नसक्ने हुँदा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी निर्माण गरिएको जनसंविधानले मात्र सयौं वर्षदेखि लादिएको छुवाछूत भेदभाव तथा सामाजिक विभेद जस्ता निकृष्ट प्रथा अन्त गर्न सकिने र शोषित पीडित जनसमुदाले मुक्तिको सास फेर्न सकिने अतिथिहरुको भनाइ थियो ।

भेलामा नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सदस्य तथा रामेछाप पार्टीका जिल्ला ईन्चार्ज युवा नेता कमरेड गगन प्रमुख आतिथि, मोर्चाका प्रदेश नः ३ का संयोजक टेकबहादुर वि.क विषेश आतिथि र मोर्चाका केन्द्रीय सदस्य शोभा विश्वकर्मा लगायत अतिथिको उपस्थिति रहेको थियो ।