अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको १ नं. प्रदेशको भेला भव्य रुपमा सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको १ नं. प्रदेशको भेला भव्य रुपमा सम्पन्न

काठमाडौं । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको १ नं. प्रदेशको भेला भव्य रुपमा सम्पन्न भएको छ । जेठ महिनाको अन्तिम साता काठमाडौंमा सम्पन्न हुन गइरहेको महासंघको राष्ट्रिय सम्मेलनलाई मध्यनजर गरी देशभर भेला तथा सम्मेलनहरु सम्पन्न भइरहेका छन् ।

प्रदेश नम्बर १ को भेलाले बालकृष्ण बुढाथोकीको संयोजकत्वमा १७ सदस्यीय प्रदेश समिति चयन गरेको छ । बुढाथोकीको संयोजकत्वमा रहेको समितिको सदस्यहरुमा रत्न पराजुली, संजय चौधरी, खड्ग राई, टंक भट्टराई, बरुण चौधरी, चेतन मिया, करणवादसिंह राई, मनोज शाह, सुजन राई, भक्त विश्वास, श्यामकुमार दर्नाल, सन्तोष हैमरम, गोकुल भट्टराई, सुशीला चौधरी, दीपक शर्मा र अर्जुन सरदार रहेका छन् ।

भेलामा प्रदेश नम्बर का पार्टी सेक्रेटरीलगायतका अतिथिहरुको उपस्थिति थियो ।