काठमाडौं । मदन भण्डारी स्मृति दिवसकै दिन सत्ताधारी पार्टी डबल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकार समाजवाद निर्माण तर्फ अघि बढिरहेको भनेर ठूलै चटक देखाएका छन् । दाहालका अनुसार जनताको बहुदलीय जनवाद र २१औं शताब्दीको जनवादलाई फ््युजन गरेपछि त्यो नयाँ सश्लेषण हुनछ र त्यसले समाजवादमा पुर्याउँछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रम तथा अनुभवका आधारमा यो नै वैज्ञानिक हुने छ, दाहालको कथन रहेको छ ।

हार्दिक शुभकामना !

दाहालका अनुसार अन्तर्राष्ट्रिय रूपमा माक्र्सवाद संकटमा परेको अवस्थामा मदन भण्डारीले तत्कालीन नेपाली समाजमा विद्यमान वर्ग संघर्षलाई अन्त्य गर्न नयाँ विचारका रुपमा बहदलीय जनवाद (जवज)को विकास गरेको र एकताका बखत वर्गसंघर्षकै अन्त्य गर्नका लागि आफूले बोकेर आएको एक्काइसौं शताब्दीको जनवाद (एशज) को फ्युजन र संश्लेषण पछि नेपाल समाजवादमा पुगिहाल्ने छ । दाहालका अनुसार पुराना सिद्धान्तलाई समयसापेक्ष विकास गरी नयाँ बनाउनु पर्छ ।

जनयुद्ध र वर्ग संघर्षको बिसर्जन गरी अब नेपालमा राजनीतिक क्रान्ति सकियो र समृद्धिको युग थालनी भयो भन्दै एमालेमा प्रवेश गरेका दाहालले यसो कुरा गर्नु कुनै अनौठो होइन, तर यो चटकी कुरा भने पक्कै हो । तिलस्मी र जादुमय भाषा प्रयोगले भ्रम छर्न सकिन्छ भन्ने विश्वास राख्ने दाहाल एमालेमा गएर पनि त्यसै गर्न लागि परेका छन् । उनको भनाइ त के पनि रहेको छ भने यसै गरी देशको विकास गर्न आफूले एकता चाहेका हुन् ।

स्मरण रहोस् एमाले पक्षधरहरु बहुदलीय जनवाद नै पार्टीको विचार हुने र त्यसअनुरुप आफूहरु अघि बढ्नुपर्ने कुरामा अर्का नेता ईश्वर पोखरेलले चर्कै कुरा उठाएपछि दाहाल अहिले उकुसमुकुसको वातावरणभित्र अत्तालिन थालेका छन् । दाहाल आफ्नो स्थान र हैसियत अबका दिनमा तल पर्ने र पूर्व एमालेहरु उकासिने भएपछि हरेक ठाउँमा ‘जवज’ र ‘एसज’ को फ्युजनका कुरा उठाएर सिंगौरी खेल्न थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर