बालुवाटारपछि सिंहदरवार बिक्रि गर्ने गृहकार्यमा सरकारी माफिया

बालुवाटारपछि सिंहदरवार बिक्रि गर्ने गृहकार्यमा सरकारी माफिया

काठमाडौं । बालुवाटारको सरकारी जग्गा हडप्नेमा सत्ताधारी नेकपाका पार्टी महासचिव विष्णु पौडेलसमेतको संलग्नता सप्रमाण फला परेपछि अब सरकारी माफियाको सबिस्तार पोल खुल्न थालेको छ । यो पोल खुल्ने क्रमसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूले विष्णु पौडेललाई पदबाट बर्खास्त गरिनु पर्ने माग गरिरहेका छन् ।

पौडेलको छोराका नाममा दर्ता, स्रेस्ता कायम गरिएको उक्त सरकारी जग्गा ओली दाहालको माफिया सरकारले नै मिलाएको थियो । जनस्तरमा पनि पौडेलमाथि कारबाही गर्नुपर्ने आवाज बलियो बन्दै गएको छ भने त्यसका नाइके ओली प्रचण्डमाथि पनि आक्रोश पोखिन थालेको छ ।

नेपालको संघीय सत्तामा दलाल तथा माफियाहरुको विजय पछि यिनीहरुको दुस्क्रियाकलापको बिगबिगी बढेको छ । सरकारी माफियाको यो गिरोह सार्वजनिक संस्थानका जग्गा, सार्वजनिकस्थल, मन्दिर, गुम्बा र चैत्य, विश्व सम्पदा र पानी घाट तथा चिहानघाटहरु हेर्दै र दर्ता गर्दै हिंडिरेको छ । यो माफियाको जालो देशव्यापी छ । संघीय, प्रादेशिक तथा स्थानीय तहसम्म यी कामहरु निकै वैधनिक तरिकाले रातारात हुने गरेका छन् । काम गरिरिदए बापत कर्मचारीको कमिसन र प्रमोशन पनि रातारात भइरहेका छन् ।

भूमिगत कालमा र प्रतिपक्षमा रहँदा रातारात धन कुम्ल्याउने धन्दा बाहेका केही पनि काम नै नगरेका यी डाँकाहरु सत्ताको चढाइसँगै वैधानिक माफियामा परिणत भएका थिए र हुन् । एकले अर्कालाई बचाउन यिनीहरु निकै चतुर्याइँपूर्ण वाक्युद्धहरु छेंड्ने गर्दछन् । उखानटुक्का हाल्ने, कथा सुनाउने र मानिसलाई सतहमा वाकयुद्धमा लगाएर आफूहरु रातारात तस्करी र माफियागिरी गर्ने गरिरहेका छन् ।

माफिया पौडेललाई बचाउन सामन्य जनताले थाह पाउनु पूर्व नै सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री गोकुल बास्कोटा पौडेल अन्यायमा परे भन्दै चिचयाउने गर्दछन् । एक ठाउँमा एउटा स्याल हुहु गरी कराउना साथ देशभरका यी स्यालहरु हुहु गर्न क्षणभर पनि ढिला गर्दैनन् ।

अहिले यी कुराहरु सासुम पार्न ओलीको सरकार निकै लागि परिरहेको छ । कसैले भूमाफिया समात्नु पर्छ भनिरहेका छन्, कसैले भूमाफिया भगाउनतिर लागेका छन् । कोही पौडेल अन्यायमा परे भनी मत निर्माणतिर लागेका छन् भने कोही सीबीआईमाथि कार्बाही गरिनु पर्छ भनिरहेका छन् । यी सबै बास्तविक कुरा लुकाउन गरिएका हर्कतहरु मात्र हुन् ।

प्रधानमन्त्रीको क्वाटर बालुवाटार निजी जग्गामा छ भनिएको छ । त्यो ओली त्यहाँ पुगेपछि बेचिएको आशंका त्यहाँका स्थानीय हरुले गरिरहेका छन् । बालुवाटारमा सरकारी जग्गा नै छैन, केवल सरकारी भवनहरु मात्र छन् भनिन्छ । केही दिनपछि ओलीले प्रधानमन्त्री निवासको भाडा खर्च भनेर खर्बौ छुट्याए भने आश्चर्य मान्ने ठाउँ नै छैन ।

कुरा त यति मात्र पनि होइन, सिंहदरबार पनि बेचिएको हल्लाखल्ला जनताका बीचमा छ । स्वतन्त्र छानबिनद्वारा यसको सत्यतथ्य जनताका बीचमा बिना ढिलाई ल्याइनु पर्छ । सरकारी रिपोर्ट जनताले पत्याउने अबस्था छैन र यिनीहरुले नक्कली सफाइ पत्र पनि देखाउन सक्छन् । सरकार नै माफिया भए पछि जनतामा आशंका र सन्त्रास फैलिएको छ ।