यसरी बेचिए पेरिसको ऐफल टावर, भारतको ताजमहल र नेपालको बालुवाटार

प्रकाशित मिति : २०७६ बैशाख ४

 
लस्टिङ र ऐफल टावर

सन् १९२५ तिरको कुरा हो । भिक्टर लस्टिङ भन्ने मानिस पेरिसको एउटा होटलको कोठामा बसिरहेको थियो । उसले चिया खाँदै ऐफल टावरको बारेमा एउटा समाचार पत्रमा लेखिएको लेख पढिरहेको थियो । त्यसमा लेखिएको थियो कि टावरमा प्रयोग गरिएका सबै फलामे तथा स्पातका सामानहरु मक्किइसकेका छन् र कामै नलाग्ने भएका छन् ।

यसको मर्मतका लागि फ्रान्सको सरकारले त्यति पैसा खर्च गर्न सक्दैन, जति यसको मर्मतका लागि लाग्छ । उसले बारम्बार उक्त लेख पढ्यो र लेखको अन्त्यमा टुंग्याइएको एउटा वाकयमा उसका आँखा निकै बेर अडिए । त्यो थियो अब सरकारको पनि मर्मत गर्ने हैससियत भन्दा टाढा रहेकाले उक्त टावर उचित मूल्यमा बिक्रि गर्नुको विकल्प छैन ।

भिक्टरको आँखा खुलेको जस्तो लाग्यो । उसले सोच्यो यो बिक्रि गर्ने काम त उसले गर्नसक्छ । तर ऐफल टावर भने उसको स्वामित्वमा छैन । तर पनि ऊ निकै उत्साहित भयो । यसले सोच्यो कि यो काम सजिलैसँग गर्न सकिने छ । ऊ महा ठग थियो र ढाँटेर काम पट्याउन माहिर पनि । उसलाई आज यो कुराले निकै प्रफुल्लित बनायो र उसभित्र खुशीको सीमा नै रहेन ।

उसका जेलमा रहँदाका विभिन्न जीवनीका डाटाहरुमध्ये भरपर्दो कुरा के हो भने ऊ हस्टिन भन्ने, अष्ट्रिया–हंगेरीको, सानो सहर, जो आज चेक गणतन्त्रमा पर्छ, त्यहाँ जन्मिएको थियो । सहरमा सका परिवार निकै गरीब र असहाय थिए । तर उसको बाबु भने त्यो सहरका मेयर पनि भइसकेका थिए ।

युवाछँदा मेधावी छात्रका रुपमा ऊ परिचित थियो । तर ऊ किताबी ज्ञानमा भन्दा जनसम्बन्धमा निकै चासो राख्ने गर्दथ्यो । ऊ यति धेरै चलाक थियो कि मान्छे देखेपछि उसको चरित्र बुझेर तुरन्त उसलाई प्रयोग गरिहाल्दथ्यो । भाषाा त यति छिटो जान्दथ्यो कि उसले बोलेको देखेर मातृभाषी पनि छक्क पर्दथे । उसले चेक, जर्मन, इटाली, अंग्रेजी र फ्रान्सेली भाषा निकै चाखलाग्दो गरी बोल्दथ्यो । उसले अरुमाथि दबाब दिदैनथ्यो, तर यति प्रभाव पारिदिन्थ्यो कि उसको कुरामा शतप्रतिशत विशवास गर्दथे ।

ऊ जुवा असाध्यै खेल्दथ्यो । तासका ट्रिकहरु उसले यति धेरै जानेको थियो कि मानिसहरु फसिहाल्थे । उसलाई सबैले सुस्पष्ट बोल्ने र निकै पतयारिलो रुपमा कुरा गर्ने वार्ताकारका रुपमा पनि लिन्थे । ऊ सधैं एक जेन्टलम्यानको पहिरनमा रहेको हुन्थ्यो । ऊ दुवै गालावरपर लामालामा कानजस्ता कपडा राखेर आफ्नो भेष बदलिइरहन्थ्यो ।

त्यतिबेला अमेरिकामा पैसा निकै थियो । त्यहाँका धनाढ्यहरु पैसा पोका पारेर पेरिस घुम्न आउँथे । भिक्टर लस्टिङको पहिलो नजर र पहिलो सिकारमा उनीहरु नै पर्दथे । उसले पेरिसमा धनीमानीहरुलाई जम्मा पारेर यही कला प्रयोग गरी आफूसँग रहेको पैसा बनाउने भाँडो भन्दै नक्कली यन्त्रहरु बेच्न थाल्यो । यी भाँडाहरु त्यति बेलामा पनि २० हजार डलरदेखि ३० हजार डलरसम्म बिक्रि हुन थाले । उसले ती बाकसहरुमा पहिल्यै डलरहरु राखेको हुन्थ्यो र ती डलरहरु छापिएका झैं बाकसबाट बाहिर आउँथे ।

अमेरिकी धनाढ्यहरु चकित पर्दथे । यी नोटहरु छापिन र प्रत्येक एउटा नोट बाकसबाट प्रिन्ट भएर निस्कन ६ घण्टा लाग्दथ्यो, त्यतिबेलासम्म धैर्य गरेर बस्नु पर्दथ्यो ।

ऊ योभन्दा धेरै पैसा केबाट कमाइ हुन्छ भनेर लागि परिरहेको थियो । जब उसले ऐफल टावर भेट्यायो, ऊसलाई स्वर्ग भटिए झैं लाग्यो । पहिले त उसले नयाँ नक्कली परिचय बनायो । दोसे कुरा उसले सरकारको दुरस्त कागजपत्र तयार पार्यो । त्यसपछि उसले पाँचवटा आफल सबैभन्दा ठूला स्टिल कम्पनीहरुलाई आमन्त्रण गर्यो, प्यारिसको क्रिलोन होटलमा । होटल क्रिलोन सरकारी तथा औपचारिक भेटघाटको मुख्य थलो थियो ।

भेटघाटमा उसले ऐफल टावर बेचिनुको विस्तृत विवरण सुनायो । उसले पाँचजनामध्ये एउटाको मनोभाव यसरी समायो कि ऊ टावर कुनै पनि हालतमा अरुको हातमा नजाओस् भन्नेमा चिन्तित छ भन्ने एकिन गर्यो । त्यो एण्ड्रे पोइजन नाम गरेको माािस थियो । ऊ पेरिसमा जम्न चाहन्थ्यो ।

भिक्टर लस्टिङले भ्रष्ट कर्मचारीहरुको सहारा लियो । उनीहरुबाट आवश्यक काजात लिएर पोइजनबाट ठूलो रकम लिएर भियना तर्फ बाटो लाग्यो । पोइजनले पछि मात्र थाह पायो कि यो काम झुट्टा थियो ।

केही समयपछि लस्टिङ फरि पेरिसमा आयो । उसले अर्को मानिसलाई त्यही ऐफल टावर त्यसै गरेर फेरि बिक्रि गर्यो । लिनेले यो गलत भएको थाह पाएपछि मुद्दा हाल्यो, तर लस्टिङ भागेर अमेरिका गइसकेको थियो ।

भारतमा नटवरलाल

अचम्मको कुरा त के थियो भने पेरिसममा भएको धूर्त भिक्टर लस्टिङ जस्तै इण्डियामा पनि नटवरलाल भन्ने अर्को धूर्त थियो । यो त झन् यति महाधूर्त थियो कि यसले त ताज महल, लालकिल्ला र राष्टपति भवन नै बेचेको थियो । आश्चर्य लाग्दो कुरा त के पनि रहेको छ भने नटवरलालले ५४५ सिट क्षमता भएको इण्डियाको संसद भवन पनि बेचेको थियो । यी सबै बेच्न उसले तात्कालीन राष्टपति राजेन्द्रप्रसादको नक्कली हस्ताक्षर गर्ने गरेको थियो ।

नटवरलाल भारतको बिहारमा जन्मिएको थियो । उसको बाल्यकालको नाम मिथिलेशकुमार श्रीवास्तव थियो । यसले आफ्नो एकजना छिमेकी साहाय नाम गरेको मानिसको हस्ताक्षर चोरेर ठगी गर्न सफल भएपछि उसको हौसलाको सीमा रहेको थिए । साहायले उसलाई सधैं वैंकमा पैसा जम्मा गर्न लगाउँथ्यो । वैंकबाट पैसा कसले झिकेछ भनेर साहायले खोजी गर्दा नटवरलाल भागेर कलकत्ता पुगिसकेको थियो ।

ब्रोकर वा दलालको काम गर्दागर्दै नटवरलाल निकै धूर्त भइसकेको थियो । यसले सरकारको ९ टन फलाम बेचेर खाइसकेकाले कलकत्ता पुलिसले समातेको थियो । त्यसपछि ऊ वेश्यावृत्तिको धन्दामा लाग्दै स्मग्लिंगको व्यापारमा लाग्यो । तर ऊ यति बाठो थियो कि जति पटक समातिए पनि जेलमा भने गएन । सबै कुरा पैैसाले मिलाउँथ्यो ।

पछि आएर रेलवे स्टेशनमा ठगीको काम सुरु गर्यो । सरकारी कागजातहरु बनाएर निकै ठूल्ठूला ठगी पनि गर्यो । सन् ४० को दशकमा त उसले अथाह पैसा कमायो । ऊ देशभर दगुरिरहन्थ्यो । । उसका निशानामा गहना पसले, घडी निर्माता, व्यापारी, वैंकर्स र सरकारी कर्मचारीहरु पर्दथे । ऊ आफू पनि तिनीहरुकै भेषमा हुने गर्दथ्यो ।

ऊ आफ्नो गाउँमा बराबर जाने गरिरहन्थ्यो । गएपछि गरीबहरुलाई कपडा, अन्न, पैसा तथा अरु सरसामानहरु दिने र वितरण गर्ने गर्दथ्यो । उसलाई उसका गाउँलेहरुले अंग्रेजी कथाको रबिनहुड जस्तै आदर, माया र सम्मान गर्ने गर्दथे । रबिन हुडले पनि आफ्ना गाउँलेहरुलाई यस्तै सेवा गर्ने गर्दथ्यो ।

पछि त उसलाई दरभंगा अदालतले १७ वर्ष, सिंहभूमि अदालतले १९ वर्ष, पटना अदालतल आजीवन, अरु अदालतले १४ वर्षको सजाय तोकेका थिए । जो कूल मिलाएर ११३ वर्षभन्दा बढी जेल सजाय हुन आउँथ्यो । ऊ कतिपटक त पुलिसको भेषमा भागेको भाग्यै गरेको थियो । ऊ कानपुर जेलबाट दुनियाँलाई चकित पार्ने गरी भाग्यो ।

नटवरलाल फेरि पनि राँचीमा भाग्न सफल भयो र त्यही मर्यो भनिन्छ । उसलाई राँचीमा दाहसंस्कार गरिएको भनिए पनि विश्वास गरिन्छ कि नटवरलाल अहिले पनि इण्डियाभर मात्र घुािमरहेको छैन, ऊ नेपालमा पनि पसिसकेको छ ।

नेपालका पौडेलहरु

नटवरलाल जिउँदै छ र नेपाल पसेको छ भनिरहेका बेला बालुवाटारभित्र नेपाली अनुहारमा धेरै नटवरलालहरु देखा परिसकेका छन् । सरकारी पार्टी नेकपाका महासचिव बालुवाटारको सरकार तथा प्रधानमन्त्री निवास बालुवाटार किनेको र बेचेको बनाएर आफ्नो नाममा बनाएका छन् ।

सार्वजनिक जग्गा आफ्नो बनाएका नेपाली नटवरलाल विष्णु पौडेल पहिलो नम्बरमा देखा परेका छन् । दोस्रोमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटा यसको बचाउ गर्दै आफ्नो पनि हडपेको जग्गा लुकाउँदै छन् ।

बालुवाटारस्थित सरकारी सम्पत्ति हिनामिनामा नेकपाका महासचिव विष्णु पौडेलको संलग्नतालाई ढाकछोप गर्ने प्रयास गरेका छन् उनले र उनको सहभागिताको पनि खुलासा ससाथै गर्न पुगेका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले ललिता निवास खरिद प्रकरणमा विष्णु पौडेल ठगिएको दाबि गरेका थिए । प्रधानमन्त्री निवास किनबेच नभएको भन्दै बाँस्कोटाले ललिता निवासको जग्गा समस्यामा सत्यतथ्य जाँचबुझ हुने बताए ।

बास्कोटा सरकारी माफियाका खजाञ्ची रहेको स्थानीय जनताको भनाए रहेको छ । व्यक्तिलाई लक्षीत गरेर खुइलाउने काम भएको भन्दै बास्कोटाले ‘उहाँ अपराधी हैन, उहाँलाई झुक्याएर बेचिएछ । खरिद गर्नेको के दोष?’ भन्दै विष्णु पौडेल को खबौंको लूटको सम्पत्तिको पनि बचाउ गरेका छन् ।

यिनीहरु सिंह दरवार, पशुपतिनाथ, विश्व सम्पदा सूचीका भवनहरुका साथै सिंहदरवार बेच्ने कसरतमा पनि रहेका देखिन्छन् । यो काम ५ वर्षभित्रै गसिक्ने यिनीहरुको लक्ष्य देखिन्छ ।