
काठमाडौं । नेपालले आयोजक मलेसियालाई ८ विकेटले पराजित गरेको छ । आईसीसी यू–१९ वल्र्डकप क्रिकेटका लागि जारी एसिया छनोटको तेस्रो खेलमा नेपालले आयोजक मलेसियालोई ८ विकेटले पराजित गरेको हो ।
क्वालाम्पुरस्थित बायुमास ओभलमा ९३ रनको सामान्य लक्ष्य पच्छ्याउँदै नेपाली टोलीले १३ ओभरमा २ विकेटको क्षतिमा भेट्टाएको हो ।
नेपालको जितमा खेलाडी रित गौतमले सर्वाधिक नटआउट ३९ रनको योगदान दिएका थिए । नेपालका ओपनर गौतमले ४५ बलको समाना गर्दा ५ चौका प्रहार गर्दैै ३९ रनको स्कोर बनाएका हुन् । आशिफ शेखले २६ तथा अर्का ओपनिङ पार्टनर पवन सरार्फले १९ रन बनाए । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले नटआउट ६ रन बनाए ।
पहिलो इनिङमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मलेसियाले ३३ ओभर ५ बलमा ९२ रन जोड्दा अलआउट भएको थियो ।