
काठमाडौं । गृह मन्त्रालयबाट गाडी हरायो । सीयो वा रुमाल हराएको होइन । ससानो फौज बोक्ने चारपांग्रे गाडी नै हरायो । अब त नागरिकको जीउधनको सुरक्षाको के प्रवाह ? कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त पनि गृहमन्त्रालयबाटै हराइन् ।
साढे ३३ किलो सुन पनि गृहमन्त्रालयबाट नै हरायो । रक्त चन्दन पनि गृहमन्त्रालयबाटै हराउँछ । गर्दा गर्दा नेपाली नागरिकता पनि गृहमन्त्रालयबाटै हराएको छ ।
के हराएको छैन, गृहमन्त्रालयबाट ? तराइ हराएको छ, गृहमन्त्रालयबाट । देश हराउँदैछ गृहमन्त्रालयबाट । तर आश्चर्य चोरी, डकैती, हुलदंगा वा अन्य कुनै कारणबाट आफ्नो जीउ वा धनको सुरक्षा माग्न जाने गृह मन्त्रालय हो । नागरिकले सुरक्षा माग्न जाने ठाउँ नै गृह मन्त्रालय । अब जनताले के माग्ने ?
गृह मन्त्रालयबाटै गम्भीर प्रकृतिको चोरी भएको तथ्य खुले पनि त्यो गुपचुप छ । चोरी पनि कुनै सामान्य वस्तु होइन । गृह मन्त्रालयले नै खटाएका ट्राफिक प्रहरी चौबीसे घण्टा खटिने सडकमै गुड्ने गाडी नै चोरी भएको छ ।
गृह मन्त्रालयबाट बा ६च १०२५ नम्बरको चोरी भएको प्राडो जिप प्राडो जिपको मूल्य २ करोड २५ लाख रुपैयाँदेखि २ करोड ८५ लाख रुपैयाँ रहेको छ ।






























