समय

प्रकाशित मिति : २०७६ बैशाख २

- कृष्णभक्त महर्जन ‘कगेन्द्र’

नव वर्षको
शुभकामना दिने
लर्को छ
शुभकामना लिने पनि
लर्को छ
समय सन्दर्भ छ कि छैन
आफू त्यसमा
पर्छ कि पर्दैन
आफै कन्फ्युज छ

मिलाउन खोज्छु
मिल्दै मिल्दैन

दुसदको जन्म
दुसदको मरण
समस्या जटिल छ
यता फर्के’नि नहुने
उता फर्के’नि नहुने
दिन दाहाडै देखिन्छ
कोल्टे फेरेको
के खोज्छस् कानो
समयको बर्वाद
घटनाक्रम साक्षी छ

एक समय होइन,
दुई समय होइन

इतिहस साक्षी छ
आफू त इतिहासलाई
संसारमा फैलाउन लागेको
कता हराउँछ, हराउँछ
सनकको भरमा हो
दनकको भरमा हो
न लछार्न सक्यो
न पछार्न सक्यो

ह्याप्पी बथ्डे हो कि
ह्याप्पी न्यू यर हो

आयातित हो कि
ल्यायातित हो
अत्तोपत्तो छैन
समय आउँछ, जान्छ
कसैलाई पर्खदैन
समय मिलायो
सबैको भलो
समय मिलाउन सकेन
सवैको कुभलो

समयको जय होस्
समयको विजय होस् …..