काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल (देजमो) बाँकेले स्थानीय स्तरमा संगठन निर्माणको प्रक्रियालाई अभियानका रुपमा अघि बढाएको छ । संगठन निर्माण तथा विस्तारमा अभियानकै रुपमा लागेका जिल्ला नेता तथा कार्यकर्ताहरु जनताको घरदैलोमा पुगिरहेका छन् । हाल जिल्ला स्तरीय संगठन निर्माणपछि एरिया तथा वडा समितिहरु निर्माणमा जोड दिइएको देजमो बाँकेका नेताहरु बताउँछन् ।

पछिल्लो चरणमा वडा भेला तथा सम्मेलनमा जुटेका स्थानीय तथा जिल्ला नेताहरु निकै तदारुकताका साथ लागि परेका छन् । उनीहरुका अनुसार बाँके जिल्लाभर सबै स्थानीय तहका वडाहरूबाट मोर्चाको भेला तथा सम्मेलन गरेर सकिने बताइएको छ । मोर्चाको राष्ट्रिय सम्मेलनलाई लक्षित गर्दै जिल्लाको वडा भेला तथा सम्मेलनमा जोड दिएको हो ।

मोर्चाले जिल्लाको राप्ती सोनारी गाउँपालिकाका वडाहरूबाट भेला तथा सम्मेलन अघि बढाइरहेको छ । चैत्र २४ मा गरिने राष्ट्रिय सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्नका लागि गाउँ गाउँमा संगठन विस्तार तथा सुदृढीकरण अभियानमा चलाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर