क्रान्तिकारी युवा लिग सुर्खेतको जिल्ला भेला भव्य रुपमा सम्पन्न

क्रान्तिकारी युवा लिग सुर्खेतको जिल्ला भेला भव्य रुपमा सम्पन्न


सुर्खेत । मंगलवार क्रान्तिकारी युवा लिग नेपालको  सुर्खेत जिल्लाको जिल्ला भेला भव्य रुपमा सम्पन्न भएको छ । भेलाले कमरेड अनिलको अध्यतामा १५ सदस्यीय जिल्ला संगठन समिति गठन गरेको छ । भेलालगत्तै नव निर्वाचित संगठन समितिको वैठक बसी आगामी कामको बाँडफाँड गर्नुका साथै पार्टी र मोर्चाले अघि सारेको संघर्षका कामहरुलाई सुर्खेतको विशिष्टतामा अघि बढाउने निर्णय पनि गरेको छ ।

भेलामा सत्ताधारी दल डबल नेकपा र प्रतिपक्ष दल नेपाली कांग्रेसबाट विद्रोह गरी क्रियाशील युवाहरु क्रान्तिकारी युवा लिग नेपालमा प्रवेश गरेका छन् । बदनाम हुँदै गएको सत्ताधारी दल डबल नेकपा र संघर्ष गरेको जस्तो गरे पनि खानेबेलामा प्रतिपक्षको भूमिका समेत बिर्सेर भाग तान्न जाने नेपाली कांग्रेसले जनताका पक्षमा काम नगर्ने नवप्रवेशी युवाहरुको विश्वास रहेको बताइएको छ । अब देशमा अर्को नयाँ खाले संघर्षको विकास गरी जनविरोधीहरुलाई धूलो चटाएर खेदाउने र वास्तविक जनताको राज्यसत्ता र सरकार स्थापना गर्ने ती युवाहरुको भनाइ रहेको छ ।

नव प्रवेशी जुझारु युवाहरुमा विष्णुबहादुर रावल, मिलन शाही, पदम चन्द्र, खेमराज कँडेल, लक्ष्मीप्रसाद आचार्य, लक्ष्मी कँडेल, चन्द्र कु. थापा, सन्तोष पौडेल, धनबहादुर रोकाया र मोहन सुनार लगायत दर्जनौ नेता तथा कार्यकर्ता रहेका छन् । नेकपा (क्रान्तिकारी माओवादी) का सीसीएम् कमरेडहरुले उनीहरुको भव्य स्वागतसहित हार्दिक बधाइ ज्ञापन गरेको बताइएको छ ।