काठमाडौं । हुवावे कम्पनीको स्मार्टफोन नोभा थ्री आईले आफ्नो मूल्य घटाएको छ । नेपाली बजारमा यो भन्दाअघि ३८ हजार ९ सय रुपैयाँमा पाइने यो फोन अब ३५ हजार ९ सय ९० रुपैयाँमा पाइने भएको छ ।
चारवटा अलक्वाड क्यामरा जडित कम्पनीकै पहिलो फोन नोभा थ्री आईले क्यामराका कारण पनि धेरै चर्चा कमाएको हो । यो स्मार्टफोन ब्रिकी सुरु गरिएको पहिलो दुई घन्टामै करिब २ हजार स्मार्टफोन अग्रिम बुकिङ भएको थियो । नोभा थ्री आईमा रियर क्यामरामा १६ एमपीको प्राइमरी सेन्सर तथा २ एमपीको सेकेण्डरी सेन्सरसहितको डिउल रियर क्यामरा र २४ एमपी प्राइमरी क्यामरा तथा २ एमपीको सेकेण्डरी सेल्फी क्यामरा सेटअप छ । हुवावे नोभा थ्री आईमा २२ वटा विभिन्न समूहरूअन्तर्गतको पाँच सयभन्दा पनि बढी सिनहरू चिन्ने फिचर पनि छ ।
यो स्मार्टफोनमा ६.३ इन्च एफएचडी (२३४०×१०८०) १९.५ः९ को फूल भ्यू स्क्रीन छ भने यसको अर्को विशेषता भनेको आइरिस पर्पल, ग्रेडियन्ट कलर, रातो र सेतो रंगमा उपलब्ध हुनु पनि हो । नोभा थ्री आईमा स्मुथ डबल कर्भ ग्लास प्यानल रहेको छ र नानो टेक्सचर्ड इभेक्ट भएकाले ब्याक प्यानल झनै आकर्षक छ । फोनमा ७१० एसओसी जडित छ, जुन हुवावेको पहिलो १२ एनएम चिप हो । यसमा सुधारिएको इमेज सिग्नल प्रोसेसर–आइएसपी राखिएको छ तथा भिडियो प्रोसेसिङका लागि डिजिटल सिग्नल प्रोसेसर–डीएसपी रहेको छ । ननरिमुभेबल ३३४० एमएएचका कारण फोनमा व्याट्रि टिकाउ भएकाले पनि उपभोक्ताले नोभा थ्री आइ रुचाएको कम्पनीले जनाएको छ ।
सन् २०१९ को आगमनको उपलक्ष्यमा नेपाली उपभोक्ताको मागलाई मध्यनजर गरेर कम्पनीले मूल्य समायोजन गरेको हुवावे नेपालले प्रेस विज्ञप्ती जारी गर्दै जनाएको छ । ‘नेपाली उपभोक्ताले हुवावेको स्मार्टफोनप्रति देखाउनुभएको आकर्षणलाई मध्यनजर गर्दै नयाँ वर्षलाई
स्वागत गर्ने तयारी भइहेका बेला मूल्य घटाउने निर्णय लिएका हौंं,’ हुवावे नेपालकी कन्जुमर विजनेस ग्रुपकी मार्केटिङ म्यानेजर प्रनिसा श्रेष्ठले भनिन्, ‘सीमित अवधिका लागि लागू गरिएको यो अफरबाट उपभोक्ताहरुले लाभ लिने विश्वास लिएका छौं ।’ प्रयोगकर्ताहरूबाट हुवावेले निकै नै सकारात्मक प्रतिक्रिया आइरहेको र भावी दिनमा अझ उत्कृष्ट स्मार्टफोनहरू ल्याउने योजनामा कम्पनी रहेको उनले बताइन् ।