काठमाडौं । ओली सरकारले प्रदेश तथा स्थानीय सरकारसँग कुनै पनि राय सल्लाह नलिइकन कर्मचारी समायोजनको काम थालनी गरेको छ । प्रदेशमा त्यहाँको भौगोलिक बनावट, प्रशासकीय संरचना र मानव बस्तीको अवस्थिति र विकास आदिका हिसाबले के कति कर्मचारीको आवश्यकता पर्छ, सोको बारेमा प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक जानकारी तथा सुझाव नै लिएको छैन ।

हार्दिक शुभकामना !

तर केन्द्रबाटै मनोमानी रुपमा ओली सरकारले कर्मचारी समायोजनको प्रक्रिया रेकर्ड निर्माण र विन्यासको थालनी गरिसकेको छ । सरकारको ठाडो निर्देशन र अवैज्ञानिक सोच र मान्यताहरुले कर्मचारीका सेवासुविधा र वृत्तिविकासमा बाधा पुर्याएको भनेर कर्मचारीहरु निरन्तर आन्दोलनमा छन् । उता सरकार भने कर्मचारी समायोजनको प्रक्रियालाई जस्ताको तस्तै लागू गर्न चाहिरहेको छ । तथापि, कर्मचारी आन्दोलन र सरकारी निर्देशनको अप्ठेरो स्थितिमा पनि कर्मचारी समायोजनको प्रक्रिया सुरु भएको छ ।

सरकारले गरेको तयारी अनुसार समायोजनसँगै साबिकको कर्मचारी संख्यामा अरु २६ हजार थपिन जाने छ । त्यसपछि कूल कर्मचारीको संख्या १ लाख ३८ हजार १७८ हुने छ । कर्मचारीको यो संख्याले सुरुको अवस्थामा देशको संघीय, प्रादेशिक तथा स्तानीय तहहरुमा जनतालाई सेवाप्रदान गर्ने अनुमान गरिएको छ । विद्यमान संविधानको धारा ३०२ अनुसार केन्द्रमा रहेका कर्मचारीहरुलाई संघ, प्रदेश र स्थानीय सरकारमा समामयोेजन गर्ने नीतिअनुसार सरकारले यो प्रक्रिया थालेको हो ।

सोमवार बसेको मन्त्री परिषद्को वैठकले संघ, प्रदेश तथा स्थानीय तहमा रहने कर्मचारीको संख्या, संरचना र आवश्यकता टुंगो लगाएपछि देशको स्थायी सरकारका रुपमा रहेको कर्मचारीको प्रारुप तयार गरिएको हो । तर प्रदेश तथा स्थानीय सरकारहरु संघीय सरकारको यो केन्द्रीकृत हस्तक्षेप र अनदेखापनलाई निरंकुशतातर्फको यात्रा भनी संकेत गरिरहेका छन् । संघीय सरकारले संघमा ४७ हजार ९ सय २०, सातवटा प्रदेशहरुमा केवल २२ हजार ७ सय ५५ र स्थानीय छशय त्रिपन्न सरकारहरुका लागि जम्मा ६७ हजार ५०३ जना कर्मचारीको दरबन्दी रहने व्यवस्था गरेको छ ।

हाल कार्यरत र्काचारीहरु १ लाख ११ हजार ९०५ को संख्यामा रहेका छन् । संघीय सरकारले गरेको पछिल्लो निर्णयअनुसार थप कर्मचारी दरबन्दी संघीयदेखि स्थानीयसम्म तीनै तहमा २६ हजार २७३ नयाँ भर्नाका लागि लोक सेवा आयोगद्वारा पदपूर्ति गरिने गरी खाली नै राखिएको छ । एकतिर सरकारले यो गृहकार्य गरिहँदा कर्मचारीहरु भने खुशी देखिएका छैनन् । न त प्रदेश र स्थानीय सरकार नै खुशी देखिएको छ । ओलीको नेतृत्वमा रहेको संघीय सरकार र प्रदेश तथा स्थानीय सरकारका बीचमा लामो समयदेखि अन्तरविरोध र बेमेल देखिदै आएको छ ।

यसले जनतामा पनि अन्यौलता र भ्रम पैदा गरिरहेको छ । देश संंघीयतामा गएपछि जनताले पाउने सरकारी सेवा सुविधा आफ्नै घरआँगनमा पाइने आशा यसअघि जनतामा पल्हाएको थियो । तर तीन तहकै सरकारहरु जनसेवाका कुराहरु होइन, उल्टै बलजफ्ती कर असुलीमा लागेपछि सरकार प्रतिको जनताको मोहभंग भइसकेको छ । पछिल्लो चरणमा तीनै तहका सरकारहरुबीच लडाइँ र बेमेल, कर्मचारीको असन्तुष्टि, जनतामा लादिएको महंगी र कर भार आदिका कारण सरकारी सेवासुविधाको अपेक्षाले डाँडा काटिसकेको छ ।

स्थायी सरकार र सेवा दिने सेवाप्रदायकका रुपमा कार्य सञ्चालन गर्ने कर्मचारीहरु हँसमुख आफ्नो कार्यक्षेत्रमा जानसक्ने स्थिति पैदा भएको छैन । कर्मचारीहरुले जनतालाई गाउँगाउँमा सेवा दिन जाँदा आवश्यक पर्ने सुविधाको माग गर्नु अन्यथा होइन । तर उनीहरु ढुक्क देखिएका छैनन् । सरकारले कर्मचारीको मन जित्न सकेको छैन ।

हो, समस्या सरकार र कर्मचारी दुवैमा छन् । तथापि सरकार अभिभावक र कर्मचारी उनीहरुको मातहत चल्ने भएकाले एक कुशल अभिभावकले खेल्न सक्ने भूमिका सरकारले निर्वाह गर्ननसक्नु दुखद कुरा हो । यी अन्तरविरोधहरुले व्यवहारमा रुपान्तरण ल्याउनुको साटो असहयोगको प्रवृत्ति विकास गर्न बेर छैन । सरकारी पार्टीका नेताहरु तथा मन्त्रीहरु कर्मचारीले सहयोग गरेनन् भनेर भाषण गर्दै हिंड्छन । कर्मचारी यो देशका नागरिकहरु हुन्, उनीहरु पनि देशमा परिवर्तन र समाजमा सुधारका चाहन्छन् ।

निर्वाचित सरकारका मन्त्रीहरु र कर्मचारीहरुका बीचमा कार्य अनुभव, शैक्षिक ज्ञान तथा मनोविज्ञानमा ठूलो अन्तरविरोध देखिन्छ । कर्मचारीहरुले ऐननियम र पद्धतिका कुरा बढी गर्ने र मन्त्रीहरुले यी कुराहरुको मेसो नपाउने, सम्हालेको मन्त्रालयका बारेमा कुनै ज्ञान र अनुभव नै नहुने कारणले ‘कमाण्ड कन्ट्रोल’ नमिलेको प्रष्ट देखिन्छ । राम्रा होइन, हाम्रा मान्छे खोज्ने, आफ्नै सेवासुविधाका लागि विचार र नैतिकता समेत् बेच्ने, घुस खाएर कर्मचारीको बढुवा गर्ने अनि कर्मचारीले सहयोग गरेनन् भनेर पार कसरी पाइएला ?

अर्कोतर्फ, सेवा प्रदायक स्थायी सरकारका रुपमा रहेका कर्मचारीहरुले निर्वाचित सरकार र आफैभित्र पनि रहेका यी गलत प्रवृत्तिसँग सौदावाजी होइन, संघर्ष गर्दै जनताका निम्ति भनेर आएको संघीयतालाई जनताकै घरदैलोमा पुर्याउन दत्तचित्त भए लाग्नै पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर