बमजनका विवादास्पद क्रियाकलापप्रति सरकार मौन

काठमाडौं । तपस्वीको भेषमा बसिरहेका रामबहादुर बमजनका क्रियाकलापहरु निकै विवादित बन्दै गइरहेका छन् । वमजनले आफ्नै आश्रममा आएकाहरुलाई अभद्र व्यवहार गर्ने, यौन शोषण गर्ने, यातना दिने, आदेश, निर्देशन र श्राप दिने, कथित पाप मोचनका कार्यहरु गर्न लगाउने र पछिल्लो पटक त आफ्ना भक्तजनहरुलाई बेपत्ता पार्ने कामसम्म गर्न थालेका आरोपहरु र उजुरीहरु आइरहेका छन् ।

बमजन आश्रमबाट आफ्ना परिवारका सदस्य बेपत्ता पारेको भन्दै उनीविरुद्ध केही जिल्लाहरुमा प्रहरीसामु उजुरी पनि परिरहेका छन् । ती जिल्लाहरुमा नुवाकोट, मकवानपुर र बारा अग्रपंक्तिमा रहेका छन् । भिक्षु तथा भिक्षुणी बन्न गएका आफन्तहहरु वेपत्ता भएपछि यी उजुरी प्रहरीकहाँ परेका हुन् ।

बमजन आश्रममा बुबा हराएपछि मकवानपुरका महेन्द्र वाइवा हारगुहारका लागि प्रहरीकहाँ पुगेका छन् । त्यस्तै छोराको खोजीका लागि बारा जिल्लाका हस्तबहादुर आलेमगर र आफ्नी दिदीको खोजिमा मकवानपुरकै विजय रूम्बा अनि बहिनी खोजिदिन भन्दै नुवाकोटकी गंगामाया तामाङ जिल्लाका जिल्लाका प्रहरी कार्यालयमा पुगेका छन् ।

तर प्रहरीले यसबारेमा तदारुकताका साथ खोजी गरिरहेको छैन । बमजन आश्रमबाट हराइरहेकाहरुको बारेमा सरकार पनि मौनता सााधेर बसेको छ ।