इण्डोनेसियाको सुन्दासटेडमा सुनामीको त्रास कायमै

इण्डोनेसियाको सुन्दासटेडमा सुनामीको त्रास कायमै

काठमाडौं । इण्डोनेसियामा शनिवार आएको सुनामीका कारण २७३ जनाले ज्यान गुमाउन पुगेका छन् भने १२८ जना बेपत्ता भएका छन् । सुनामीमा गम्भीर घाइते हुनेहरु हाल अस्पतालमा भर्ना भई उपचार गरिरहेका छन् । क्राकाटोआ नामक जवालामुखीका कारण आएको यो सुनामी त्यस क्षेत्रमा प्रवेश गरे लगत्तै बस्तीहरु सोहर्ने र केही अग्ला ठाउँहरुसम्म पनि डुबाएर पूरै जलमग्न बनाएको थियो ।

क्राकाटोआ ज्वालामुखी शनिवारदेखि निरन्तर बिष्फोट भइरहेकाले समुद्री सतह भासिन सक्ने र फेरि पनि अर्को ठूलो सुनामी आएर बस्ती सोहर्न सक्ने भनी जनतालाई सचेत गराइएको छ ।

जाभा र सुमात्रा टापुहरुको बीचमा रहेको सुन्दासटेडमा आएको सुनामीले सुन्दासटेड पूरै तहसनहस भएको छ । टापूहरुको देश इण्डोनेशिया ज्वालामुखी र सुनामीको प्रकोपबाट निकै प्रताडित रहँदै आएको छ । पहिले पहिले वर्षमा कहिलेकाहीं आउने ज्वालामुखी र सुनामी अब नियमित जसो हुन थालेपछि इण्डोनेशियामा टापूको बसाइ निकै असहज र असुरक्षित रुपमा लिन थालिएको छ ।

भूकम्प र सुनामीको निरन्तर आगमनलाई विश्वमा भइरहेको जलवायु परिवर्तनले गर्दा तापक्रममा हुन गएको वृद्धि तथा त्यसबाट महासागरीय जलाशयमा हुन जाने पानीको थपघटको प्रक्रियालाई लिन थालिएको छ ।

इण्डोनेशियामा सुनामीको त्रास रहेका ठाउँहरुमा सूचना संयन्त्रहरु जडान त गरिएको छ तर ती सूचना संयन्त्रहरु भूकम्पका लागि तरंग मापन र साइरन जडित थिए । तर ज्वालामुखी जाँदा ती साइरन बज्ने गर्दैनन् । यही कमी र कमजोरीका कारण सुन्दासटेड तहसनहस हुन गएको छ । पीडित जनताहरुले यसलाई लिएर गम्भीर गुनासो गरिरहेका छन् ।