सिटीको अग्रता कायमै, एफसी बर्नमाउथ ३–१ ले पराजित

सिटीको अग्रता कायमै, एफसी बर्नमाउथ ३–१ ले पराजित

एजेन्सी । इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीले लिगमा आफ्नो अग्रता कायमै राखेको छ । सिटीको आफ्नो घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले एफसी बर्नमाउथलाई ३–१ गोलले पराजित गरेको हो ।

खेलको १६ औं मिनेटमा बर्नाडो सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । सिटीको अग्रता पछि जोसिएको बर्नमाउथले ४४औं मिनेटमा बराबरी गोल फर्कायो । बर्नमाउथका कलुम विल्सनले उत्कृष्ट हेड गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए त्यसपछि दोस्रो हाफमा सिटीले एकपक्षीय प्रदर्शन गरेको थियो ।

सिटीका रसह स्र्टलिङले ५७औं मिनेटमा दोस्रो गोल गरे । ७९औं मिनेटमा इल्काए गुन्डोगनले अर्को गोल थप्दै सिटीको जित सहज बनाएका थिए ।

जितसँगै शीर्ष टोली सिटीले ३८ अंक बनाएको छ सिटीले लिगका १४ खेलमध्ये १२ जित र दुई बराबरी नतिजा निकालेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको एक खेल कम खेल्दै ३३ अंक छ । लिभरपुलले आइतबार एभर्टनसँग खेल्दैछ ।

प्रिमियर लिग अन्तर्गतनै शनिबार राती भएका अन्य खेलमा मध्यक्रममा रहेको वेस्टहाम युनाइटेडले न्युक्यास्टल युनाइटेडलाई ३–० गोलले हरायो । अर्को खेलमा क्रिस्टल प्यालेसले बर्नलीलाई २–० गोलले पराजित गर्यो ।

यसैगरी लेस्टर सिटीले बार्टफोर्ड २–० गोल तथा ब्राइटन एन्ड होभ आल्बियनले हडर्सफिल्ड टाउनलाई २–१ गेलले पराजित गर्यो । म्यानचेस्टर युनाइटेड र साउथ ह्यामटोनले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे ।