दमौली । भानु नगरपालिका २ ढल्केबरमा चितुवाले आक्रमण गर्दा एक बालकको मृत्यु भएको छ । शनिबार साँझ करिब सवा ७ बजेतिर खाना खाएर हात चुठ्न निस्केका १० वर्षका अमृत गुरुङलाई चितुवाले आक्रमण गरेको हो ।

प्रहरीका अनुसार घाइते गुरुङको उपचारका क्रममा डुम्रेको लक्ष्मी अस्पतालमा निधन भएको हो । घटना घटेलगत्तै प्रशासनले प्रहरी, सशस्त्र र वनरक्षकको टोली परिचालन गरेको छ ।

हार्दिक शुभकामना !

प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले शंकास्पद चितुवा नियन्त्रणमा लिन रातैभर टोली परिचालन गरिएको बताए । भानु नगरपालिकाको चिसापानीमा यसअघि पनि चितुवाको आक्रमणबाट एक बालिकाको ज्यान गएको थियो । अर्को आक्रमणमा एक एक बालिका घाइते भएकी थिइन् । यसअघि पनि यस्तै टोली परिचालन गरिए पनि फेरि आक्रमणको शृङ्खला बढेपछि भानुवासी चिन्तित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर