रियलले ग¥यो प्रशिक्षक जुलेन लोपेटेगुईलाई पदबाट बर्खास्त

प्रकाशित मिति : २०७५ कार्तिक १३

काठमाडौं, कात्तिक १३ । रियल मड्रिडले आफ्नो प्रशिक्षक जुलेन लोपेटेगुईलाई नियुक्ति गरेको चार महिनामा नै पदबाट बर्खास्त गरेको छ । जिनेदिन जिदानले क्लब छाडे पश्चात् जुन महिनामा मात्रै जुलेनले रियलको नेतृत्व सम्हालेका थिए ।

पछिल्लो खेलहरुमा निकै खराब रणनीतिका साथ खेलिरहेको रियलले पछिल्ला ६ मध्ये ५ खेलमा हार बेहोर्ने पुगेको छ । आइतबार भएको बार्सिलोनासँगको खेलमा त झन रियलले ५–१ को लज्जास्पद हार बेहोर्यो ।

हारसँगै लगातार तीन पटकको च्याम्पियन्स लिग विजेता रियल ला लिगामा नवौँ स्थानमा सिमित बनेको छ । सन् २००१–०२ पछि रियलको सबैभन्दा खराब शुरुवात हो ।

उनको स्थानमा तत्काललाई रियलको बी टिमका प्रशिक्षक तथा पूर्व खेलाडी स्यान्टियागो सोलारीले जिम्मेवारी सम्हाल्नेछन् । लोपेटेगुईले सोमबार पनि प्रशिक्षण गराए पनि बोर्ड बैठकले उनको भाग्य तय गरेको थियो ।

यो वर्ष लोपेटेगुई दुई पटक बर्खास्तीमा परेका हुन् । यसअघि उनलाई स्पेनको राष्ट्रिय टोलीबाट बर्खास्त गरिएको थियो । रियलले एक व्यक्ति जारी गर्दै ‘रियल म्याड्रिडको स्टाफको गुण र हालसम्म प्राप्त नतिजामा असंगती देखिएको’ बताएको छ ।

सन् २०१८ को बालोन डिओर का लागि गरिएको सर्टलिस्टमा रियलका चार खेलाडी समावेश छन् । रियलले बुरधबार स्पेनिस कपमा डिभिजन बी टोली मेलिलाबिरुद्ध खेल्नेछ ।