आप्रवासी विरुद्ध लड्न ट्रम्पका तम्तयार पाँचहजार फौज

आप्रवासी विरुद्ध लड्न ट्रम्पका तम्तयार पाँचहजार फौज

काठमाडौं । अमेरिकी राष्ट्रपति ट्रम्पले मध्यअमेरिकाबाट संयुक्त राज्य अमेरिकातिर बढिरहेका हजारौं आप्रवासीहरुको लावालश्करलाई रोक्न करिब पाँच हजार अमेरिकी सेनाहरु छिमेकी देश मेक्सिकोको सीमानाम पठाउने तयारी पूरा गरिसकेका छन् । ट्रम्प प्रशासनका अनुसार ती सेनाहरुसँग हेलिकप्टर, तार जाली तथा आवश्यक हतियारहरुका साथै आवश्यक सवारीका साधनहरु पठाइने तयारी गरिएको छ ।

तर लावालश्करका रुपमा मेक्सिको हुँदै अमेरिका पुग्न अघि बढेका आप्रवासीहरु अहिले १६ सय किलोमिटर टाढा नै रहेका छन् । तर तिनीहरुको गन्तव्य थलो भनेको अमरिका भएकाले ट्रम्प प्रशासन अहिले देखि नै आतंकित भएर छेकवार र बल प्रोगका सबै आफ्नो तयारी पूरा गर्नतिर लागिरहेको छ ।

ट्रम्प प्रशासनको आप्रवासी रोक्ने यो तयारीलाई डेमोक्र्याटहरु तथा अधिकारवादीहरुले ट्रम्पको ‘हाँसोलाग्दो प्रयास’ का रुपमा उडाउने गरिरहेका छन् । तर ट्रम्प भने आफूले चुनावताका गरेका आप्रवासी रोक्ने वाचाहरुमा दृढ रहेको बताइरहेका छन् ।