काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले कात्तिक ११ आइतबारदेखि पार्टी केन्द्रीय स्कुलिङ विभागको आयोजनामा काठमाडौंमा सात दिने प्रशिक्षक प्रशिक्षण (स्कूलिङ) कार्यक्रम सञ्चालन गर्ने निर्णय सार्वजनिक गरेको छ । आइतवार बिहानपख पार्टी कार्यालय वुद्धनगरमा गरिने उद्घाटन कार्यक्रमा समाचार संकलनका लागि मूल बाटो डटकमलाई प्रेषित सूचनामा उक्त कुरा जनाइएको हो ।

हार्दिक शुभकामना !

जानकारीअनुसार उक्त सातदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’द्वारा गरिने भएको छ । देशव्यापी सञ्चालन गरिएको संगठन सुदृढीकरण तथा जनपरिचालन अभियानको आखिरी चरणमा आइपुग्दा क्रान्तिकारी माओवादीले उक्त प्रशिक्षक प्रशिक्षण कार्यक्रम सुरु गर्न लागेको हो । प्रशिक्षक प्रशिक्षणको कार्यक्रम सकिएपछि देशव्यापी रुपमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम चलाइने कार्यालय स्रोतले जनाएको छ ।

दाहाल माओवादी र बादलहरु एमालेमा बिलयपछिका दिनहरुमा मोहन वैद्य ‘किरण’को नेतृत्वमा रहेको क्रान्तिकारी माओवादीले पार्टीको आत्मगत तयारीका आन्तरिक कामहरु एकपछि अर्को गरी अगाडि बढाइरहेको छ । निरन्तर क्रियाशीलता र सहकार्यको परिणामस्वरुप यसले राजधानी सहर काठमाडौं र प्रदेश तथा स्थानीय तहहरुमा ओली सरकारले गरेका देशघाती तथा जनघाती कामहरुको सशक्त भण्डाफोर गर्दै आफ्ना विरोध कार्यक्रमहरुलाई सफलतापूर्वक अघि बढाइरहेको पनि छ ।

आमूल परिवर्तका लागि एक मात्र आशाको किरणका रुपमा रहेको क्रान्तिकारी माआवादीप्रति क्रमशः जनतामा आकर्षण र विश्वास बढ्दै जान थालेको अनुभूति यसले आयोजना गरेका सडक संघर्षका कार्यक्रमहरुमा भएको जनताको बढ्दो उपस्थितिलाई हेरेर गर्न सकिन्छ । संघर्षका कार्यक्रमहरुमा पछिल्लोपटक यसले देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालसँग मिलेर काठमाडौंको शान्ति बाटिकाबाट निकालेको कालो मार्चपास बागबजार, पुतली सडक, भृकुटी मण्डप, न्युरोड, असन, भोटाहिटीहुँदै पुनः रत्नपार्क शान्ति बाटिकामा आइपुग्दा विसाल जनसहभागिताका कारण निकै चर्चामा आएको थियो ।

ओली सरकारले कालापनी, लिपुलेक, लिम्पियाधुरा तथा भारतबाट अतिक्रमित नेपाली सीमा तथा भूभागहरु भारतलाई सुम्पेको, अतिक्रमित यी सबै भूभागहरु भारतको सीमाभित्र पारेर दिल्लीले बनाइदिएको नक्कली नक्सा नेपाल सरकारका सबै कार्यालयहरुमा आधिकारिकता प्रदान गर्दै टाँसेको र नेपालका जलाशय तथा नदीहरु बेचेको आदिसहित जनतन्त्र र जनजीविकाका विषयहरुलाई लिएर कालो मार्च पासको आयोजना गरिएको थियो ।

मूलबाटो डट कमलाई प्रेषित सुचनामा आइतवारदेखि सञ्चालन हुँदै गरेको सातदिने आवासीय पार्टी प्रशिक्षक प्रशिक्षण (स्कूलिङ) उद्घाटन कार्यक्रमको समाचार संकलनका लागि छापा तथा विद्युतीय मिडियाहरु सबैलाई निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर