काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रदेश प्रहरी ऐनको विषयलाई लिएर २ नंबर प्रदेश मुख्यमन्त्री राउतकै अगाडि प्रकट गरिएको रोष बनावटी भएको २ नम्बर प्रदेशका मन्त्री तथा नेताहरुले बताउन थालेका छन् । उनीहरुका अनुसार फोन वार्तामा पनि र भेटेर पनि राउतसँग सहमति गरी ‘म कुटे झैं गर्छु, त रोएको झैं गर्नू’ भनेर उक्त कुरा ओकलेको भन्दै हाँसो मजाकमा उडाउने गरेका छन् ।

आफूहरु माओवादी छँदा स्वायत्त राज्यको कुरा गरेको प्रसंग कोट्याउँदै दाहालले अहिले एमालेमा बिलयभए पनि त्यही कुराका आफ्नो व्यक्तिगत अडान रहिरहेकाले मुख्यमन्त्री राउतको सोच र कदम सही भएको भन्दै राउतसँग सहमति गरेका थिए । तर बाहिर वातावरण केही बिग्रन गएको र आफू पहाडे मूलको भएकाले यो सही कुरा बोल्दा पहाडेहरुका बीचमा आफू नांगिने भन्दै ‘ओलीको पहाडे सेन्टीमेन्ट कुल डाउन गर्न’ उनको (राउतको) केही विरोध गरेको झैं गर्छु भनेर सहमतिमा उनी जंगिएको नाटक गरेका थिए ।

हार्दिक शुभकामना !

दाहालले प्रत्यक्ष नबुझिने तर सांकेतिक भाषाको चयनसहित संघीय सरकारलाई ‘ओभरटेक नगर्न’ प्रदेश नंबर २ लाई सचेत गराए झैं गरी यदि ओभरटेक नै गरिहालेमा एक्सिडेन्ट हुने खतराको जनाउ दिएका थिए । तर त्यो खतरा संघीय सरकारका लागि हो या प्रदेशका लागि, त्यो भने खुलाएनन् । थोरथोरै रोष र त्यसमा केही जोश मिसाएर दर्शक तथा स्रोताहरुले रुची राख्ने स्वादमा उनले राउतसँगको आन्तरिक सहमतिलाई नयाँ फ्लेभरमा पस्किएका थिए ।

विचारक र नेता भन्दा पनि अभिनेताको एक्टिङमा माहिर दाहालले अदृश्य निर्देशकको निर्देशनमा गरेको यो अभिनय कथाले मागेअनुसार चिटिक्क सुहाएको भनी तारिफ गरिएको बताइएको छ । यसवापत ‘पारिश्रमिक’ पनि रहेको २ नम्बर प्रदेशमा व्यापक हल्ला छ ।

प्रतिक्रिया

सम्बन्धित खवर