काठमाडौं । बराक ओबामा र हिलारी क्लिन्टन लगायतका डेमोक्र्याट नेताहरु तथा डेमोक्र्याट पार्टीसँग नजिक रहेका प्रतिष्ठित व्यक्तिहरु तथा व्यवसायीहरुका नाममा प्रेसित गरिएका लेटर बम आतंकले अमेरिकामा निकै खैलाबैला मच्चाएको छ । संसद चुनावको मुखैमा आएर गरिएका यी गतिविधिहरुले त्यहाँको निर्वाचनलाई प्रभाव पार्ने देखिएको छ । यी गतिविधिहरुलाई राष्ट्रपति ट्रम्पले आतंकवादी गतिविधिको संज्ञा दिए पनि यसको खोजीमा भने तदारुकता देखाइएको छैन । पछिल्लो सूचनाअनुसार यी लेटर बमहरु अमेरिकाभित्र नै निर्माण तथा प्रेसित गरिएको खुल्न आएको छ ।

हार्दिक शुभकामना !

अमेरिकाकै फ्लोरिडा राज्यबाट प्रेषित यी लेटर बमहरुमा विस्फोटक पदार्थ भरिएको पाइएको छ । कतिपयमा त पाइप बम पनि फेला परेको जानकारी गराइएको छ । यस्ता लेटर बमहरु निकै ठूलो मात्रामा पठाइएको अनुमान गरी सुरक्षा सतर्कता कडा पारिएको ट्रम्प प्रशासनले जनाएको छ । सर्वसाधरणमा उत्पन्न तनाव र त्रास कम गर्न सुरक्षाकर्मीलाई तालिमसहित खटाइएको पनि जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले यी गतिविधिहरुलाई आतंकवादी गतिविधिको संज्ञा दिए पनि विश्लेषकहरुले यसलाई राजनीतिक गतिविधिको संज्ञा दिएका छन् । हुन गइरहेको चुनावलाई आतंक र त्रासका माध्यमबाट आफ्नो पोल्टामा पार्न रिपब्लिकनहरुले प्रशासनको सहायतामा यस्ता कामहरु गरेको आरोप पनि विपक्षीहरुले लगााउने गरिरहेका छन् ।

विश्वमा हतियार व्यापारको सञ्जाल फिंजाएर अमेरिकालाई एक नम्बरकै अति महाशक्ति राष्ट्रका रुपमा राखिरहने महत्वाकांक्षा पालेर संरक्षणवादी अर्थनीति अपनाउन पुगेका ट्रम्पको आफ्नै प्रशासन अन्तर्गत अमेरिकीहरु सुरक्षित हुन नसक्नुले उनको यो महत्वाकांक्षा आत्मविनाश निम्त्याउने खेलका रुपमा लिन थालिएको छ। यसै हो भने ट्रम्पको कार्यकाल अनिश्चितता, असुरक्षा र बर्बादीको कार्यकाल हुने डेमोक्र्याटहरुले खुलेरै बताउन थालेका छन् । यसले अमेरिकी इतिहासमा श्वेत आतंकको रुप धारण नगरोस् भनेर सबैले चिन्ता जाहेर पनि गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर