काठमाडौं । नेपालको पदयात्रा पर्यटनको भविष्य जोखिममा पर्दै गएको छ । विविधताले भरिपूर्ण नेपाल हरेक एक किलोमिटर उत्तरदक्षिणको दुरीमा केही न केही भौगोलिक, वानस्पतिक, क्षितिजीय, प्राणीजन्य, मानव बसोवास, भेषभूषा तथा हावापानी आदिका हिसावले भिन्नता पाइन्छ । यसका लागि पनि विदेशीहरु नेपालमा पदयात्रा गर्न रुचाउँछन् र रमाउँछन् पनि ।

हार्दिक शुभकामना !

नेपालको पर्यटनको एउटा मौलिक विशेषता भनेको पदयात्रा नै हो । हरेक एक बिसाउनीमा केही न केही फरकपन, फरक अनुभव र एक भिन्न आभाष पाइनु विदेशीका लागि मात्र होइन, हामी नेपालीहरुका लागि पनि उत्तिकै नौलो कुरा हो । विदेशीका लागि त यो जादू जस्तो पनि लाग्ने गर्दछ ।

तर पछिल्लो पटक पदयात्राका लागि कोरिएका र कतैकतै त प्रकृति निर्मित पदमार्गहरुमा बाटो निर्माण र वस्ती विकासले कुरुपता र विकर्षण ल्याएको छ । पहिले नेपालमा आउने पर्यटकहरुमध्ये अधिकांश पदयात्रीहरु हुने गरेकोमा अहिले भने यो संख्या ह्वात्तै घटेको छ । खनिएका नयाँ बाटाहरुमा उड्ने धूलो, बाटो निर्माणले खण्डहरमा परिणत भएका पदमार्गहरु र नस्ट पारिएका प्राकृतिक सौन्दर्यहरु पदयात्रा विकर्षणका कारकहरु बन्न गएका छन् ।

महिनौ रमेर सामूहिक रुपमा गरिने पदयात्रा अब यस्ता बाटोघाटो निर्माणले ८० प्रतिशत भन्दा बढी छोटिन र विकर्षित हुन पुगेका छन् । नेपालमा हालसम्म फस्टाएको पदयात्रा अब धरापमा पर्न गएको छ ।

नेपालमा बाटो खोल्नु, फिल्ड बनाउनु, वस्ती बिस्तार गर्नु आदि कार्यलाई अभूतपूर्व विकासका रुपमा लिने गरिन्छ भने विदेशमा र विशेषतः पश्चिमा देशहरुमा प्रकृतिप्रदत्त उपहारहरुको संरक्षण र थप प्रकृतिकरणलाई विकास मान्ने सोचको विकास हुन थालेको देखिन्छ । नेपालमा आउने विदेशी पर्यटकहरु नेपालमा बन्दै गरेका धूले बाटो र प्रकृतिको विनास हेर्न आउने होइनन्, बरु प्राकृतिक सौन्दर्यता हेर्न आउने हुन् । उनीहरु मानव निर्मित कुराहरुबाट वाक्क भएर ‘ब्याक टु नेचर’ वा ‘ल्याप अफ नेचर’ मा रमाउनका लागि नेपाल भ्रमणमा आउने हुन् र आएका हुन् ।

त्यसैले यदि नेपाली मौलिकताको पर्यटन अर्थात् पदयात्रालाई जोगाइराख्ने हो भने मानव निर्मित बाटाहरु पदयात्राका लागि निर्माण गरिएका पदमार्गहरु भन्दा धेरै टाढाबाट बनाइनु जरुरी छ । यसपछि मात्र पदमार्ग र प्राकृतिक सौन्दर्यको संरक्षण तथा संबर्द्धन हुन जान्छ । र, पदयात्रा पर्यटनलाई दीगो व्यवसाय का रुपमा विकास गर्न सकिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार