रातको समयमा भारतीय पक्षबाट एकतर्फी नाका सिल नेपाल सरकार बेखबर

रातको समयमा भारतीय पक्षबाट एकतर्फी नाका सिल नेपाल सरकार बेखबर

काठमाडौं । नेपाल–भारत सीमा नाकाहरुमा भारतीय पक्षले एकतर्फीरुपमा नाका सिल गर्ने गरेको छ । रातमा नाका सिल गर्ने कार्य भारतीय पक्षबाट भए पनि नेपाली पक्ष भने अहिलेसम्म बेखबर भएर बसेको छ । रातभर जाम भएका मालवाहक गाडीहरु विहान अबेरसम्म पनि पूरै खुलाई सकिएका हुँदैनन् ।

सामान ढुवानीका लागि रातका बखत सीमा नाकामा आएका मालबाहक गाडीहरु बिहानसम्म कोशौं टाढा लाइन लागेर पर्खने गरेका छन् । तर उनीहरुलाई के कारणले नाका खुलेन वा जाम भयो भनेर कुनै सूचना पनि उपलब्ध गराउने गरिएको छैन । एकअर्काको सूचना आदान प्रदानमा सबैले ‘पता नही’ बाहेक केही पनि भन्ने गर्दैनन् ।

सीमानाका दुवै देशको हक, सरोकार र चासोको विषय हो । सीमानाकामा हुने थोरै पनि बदलाव वा फेरबदलले दुवै देशको पारस्परिक स्वार्थ र चासोमा प्रत्यक्ष असर गर्दछ । यो द्वीदेशीय सम्बन्धको कुरा पनि हो । तर भारतीय पक्षको हेपाह प्रवृत्ति सीमा नाकामा निकै तल्लो स्तरमा देखा पर्ने गरिरहेको छ । शायद नेपाली अनुहारका भारत परस्त शासकहरु यसैका अभ्यस्त छन् ।