काठमाडौं । कात्तिक महिनाको आगमनसँगै जाडो बढे पनि दिउँसोको समयमा टोक्ने लामखुट्टेको प्रकोपमा भने कमी आएको छैन । यसले जीकभ वा जीका भाइरस सार्ने र डेंगुजस्तो महामारीको संभावनालाई बढाउने कुरामा सतर्क रहनुपर्ने चिकित्सकहरुको सुझाव रहेको छ ।

हार्दिक शुभकामना !

पछिल्लो चरणमा बढ्दो सहरीकरण तथा औद्योगीकरणका कारणले छिमेकी देश भारतमा जीकभ भाइरसको सङ्क्रमण निकै बढ्दो छ । भारतबाट यातायात सेवा सिधा जोडिएको हुनाले यस्ता खालका लामखुट्टे, जसलाई टाइगर मस्किटो पनि भनिन्छ, नेपालमा भित्रिइरहेका छन् । यसले विरामीको संख्या र नयाँ ठाउँमा यो रोग सर्ने संभावनालाई निकै सहज बनाएको छ ।

जीकभ भाइरस सार्ने लमखुट्टेले दिउँसो टोक्ने गर्दछ । हालका दिनहरुमा नेपाललाई जीका भाइरसको उच्च जोखिममा राखिएको छ । जीकभ भाइरसको संक्रमण बांगलादेशमा पहिल्यैदेखि रहिआएको छ । यो रोगले ग्रस्त भएका वा छोएका गर्भवती महिलाबाट जन्मने शिशुहरुको टाउको सानो हुने गरेको एक तथ्यांकले देखाएको छ । यसका साथै यो रोगबाट संक्रमित विरामीको शरीर एक्कासी लुलो हुने आदि संकेत पनि देखा पर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर