काठमाडौं । युवा क्रिकेटर सन्दीप लामिछाने अष्ट्रेलियन लिगमा खेल्न पाउने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट खेलमा निरन्तर सफलता प्राप्त गर्दै गएपछि नेपाली राष्ट्रिय टोलीका उदाउँदा क्रिकेटर लामिछाने अष्ट्रेलियन लिगको छनौटमा परेका हुन् ।
लामिछाने मलेसियामा सम्पन्न क्रिकेट खेल लगत्तै अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिगका लागि छनौट भई आबद्ध हुन पाएका हुन् ।
उनले अष्ट्रेलियाको मेलबर्न स्टार्स क्लबबाट ‘बिग बास’ लिग खेल्ने नेपाली क्रिकेटरका रुपमा उक्त अवसर पाएका छन् । बिग बास आगामी पुस ४ गतेदेखि सुरु हुने भएको छ ।