काठमाडौं । चीनको नेतृत्वमा ‘साउथ चइना सी’मा अहिले सानो, चुस्त तर आधुनिक सैन्य अभ्यास भइरहेको पश्चिमा सञ्चार माध्यमहरुले बताएका छन् । रुससँग भोस्टोक संयुक्त सैन्य अभ्यास गरेपछि चीनले आफ्नै पहलमा यो सानो साउथ चाइना सीको सैन्य अभ्यास गरिरहेको खुल्न आएको छ ।

हार्दिक शुभकामना !

यो सैन्य अभ्यासमा कम्तिमा आठवटा आधुनिक जहाजहरु प्रयोग गरिएका छन् । विगतमा प्रयोग गरिएका एम्फिबियन अर्थात् पानी र जमीन दुवै ठाउँमा प्रयोग हुने सैन्य मेसिनरी यो अभ्यासमा प्रयोग गरिएको बताइएको छ ।

चीनको नेतृत्वमा भियतनाम तथा फिलिपिन्स लगायतका देशहरुको यो सैन्य अभ्यासमा सहभागिता रहेको छ । दक्षिण पूर्वी एशियाली देशहरुका बीचमा सैन्य सहकार्यका लागि यसो गरिएको र यसको फौजी भन्दा पनि बढी राजनीतिक महत्व रहेको बताइएको छ ।

साउथ चाइना सीमा गरिने चिनियाँ गतिविधिमाथि पश्चिमा देशहरुले निकै रुची लिने गर्दछन् । साथै, यो गतिविधिलाई उनीहरु चिनियाँ हस्तक्षेपको संज्ञा पनि दिने गर्दछन् । तर चीनले यो क्षेत्र आफ्नो भएको र लामो समयदेखि यस्ता गतिविधि गरिंदै आएको बताउने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर