रुसी अर्थोडक्स र युक्रेनी कन्स्ट्यान्टिनोपल चर्च विभाजित

रुसी अर्थोडक्स र युक्रेनी कन्स्ट्यान्टिनोपल चर्च विभाजित

काठमाडौं । रुसको अर्थोडक्स चर्चले कन्स्ट्यान्टिनोपल चर्चसँग आफ्ना सबै सम्वन्धहरु परित्याग गरी युक्रेनियन अर्थोडक्स चर्चलाई स्वतन्त्र भएको बताएको छ । रसियन अर्थोडक्स चर्चका इञ्चार्ज मेट्रोपोलिटन हिलारिअन विशपले यो ऐतिहासिक तथा आभूतपूर्व निर्णय रसियन अर्थोडक्स चर्चको प्रशासकीय संरचना होली सिनोडले सर्वसम्मतिले लिएको पत्रकारहरु माझ सार्वजनिक गरेका थिए । तीनदिनसम्म चलेको होली सिनोडको वैठकले उक्त उचाइको निर्णय लिएको थियो ।

युक्रेनका राष्ट्रपति पोरोशेन्कोले यो निर्णयलाई एक ऐतिहासिक परिघटनाका रुपमा चर्चा गर्दै असत्य, अशिव र असुन्दरमाथि सत्य, शिव र सुन्दरको विजय भएको बताएका छन् । उनले भनेका छन्– यद्यपि हेर्दा र सुन्दा धार्मिक लागे पनि यो विभाजनको गहिरो राजनीतिक अर्थ रहेको छ, यसले युक्रेनको राज्यसत्ता, राष्ट्रिय सुरक्षा र विश्व भूराजनीतिक महत्वलाई थप उजागर गरेको छ ।

करीब तीन शताबदीसम्म सँगै रहेका चर्चहरु हाल विभाजित हुन पुगेका हुन् ।