माछामा फर्मालिन विषादीको अत्यधिक प्रयोग

माछामा फर्मालिन विषादीको अत्यधिक प्रयोग

काठमाडौं । दसैंमा काठमाडौंलगायत विभिन्न सहर बजारमा बेच्नका लागि राखिएको माछामा अत्यधिक मात्रामा फर्मालिन भन्ने औषधि प्रयोग गरिएको पाइएको छ । बजारमा ताजा माछा देखाउने र व्यापार बढाउने नाममा यो विषादी बढी प्रयोग भएको पाइएको हो । मानव स्वास्थ्यका लागि निकै घातक मानिने यो फर्मालिन विषादीले माछामासुमा ताजापन देखाउने र सड्नबाट जोगाने काम गर्छ ।

नेपालमा खपत हुने माछा भारतबाट आयात गरिन्छ । लामो रुट र गाडी जाम हुनुका साथै कहिलेकाही सीमामा चेकजाँचमा हुने ढिलाईका कारण माछा सड्न जाने हुनाले भारतीय माछा उद्योगीहरु तथा व्यापारीहरुले अत्यधिक फर्मालिनको प्रयोग गरेर नेपालमा माछा पठाउने गरिरहेका छन् ।

नेपालबाट सीमानाकामा यस्ता सड्ने वस्तुहरु तथा अखाद्य वस्तुहरुको चेकजाँचका लागि ‘क्वारेन्टाइन’ पनि स्थापना गरिएको छ । तर यो चेकजाँचका लागि स्थापना गरिएको अफिस केवल देखाउनका लागि मात्र हो । योसँँग न त आधुनिक चेकजाँचका मेसिनहरु छन्, न त यसलाई पर्याप्त तालिम र सीप पनि सिकाइएको छ ।

गुणस्तर मापण गर्नका लागि यसले हातले कोट्याउने, आँखाले हेर्ने र नाकले सुँघ्ने विधि प्रयोग गर्दै आइरहेको छ ।