काठमाडौं । वर्तमान गृहमन्त्री रामबहादुर थापा बादलमाथि संसदमा एउटा प्रश्न जटिल रुपमा उठ्यो । त्यो पनि प्रतिपक्षका गगन थापाले उठाए । उनले कार्यक्षमता र दक्षतासँग जोडेर गृहमन्त्रीलाई पदीय दायित्वबाट हात धुनसमेत सुझाव दिए । यो कुरा सामान्य होइन । विपरीत विचार वा मत राख्ने तथा प्रतिपक्षमा रहेकाले गगन थापाले यस्तोखाले कुरा गरे भन्ने तर्क पनि आउला । तर यो भिन्न कुरा हो । गृहमन्त्री थापालाई उनका सहपाठी गोपाल किरातीले ‘आँखा र कान नभएका गृहमन्त्री’को संज्ञा दिएका छन् । यी आरोपहरु उनका निर्णय र जिम्मेवारीलाई जोडेर हेर्ने बेला भएको छ ।

हार्दिक शुभकामना !

गृहमन्त्री बादल यसपाला मात्र सरकारी उच्च ओहदामा रहेका होइनन् । उनी यस अघि पनि रक्षा मन्त्री थिए, पुष्पकमल दाहालको मन्त्रीमण्डलमा । त्यतिबेला उनले ढङ्ग नपुर्याएर केही काम तथा निर्णयहरु गरे र मन्त्रीमण्डलमा गर्न लगाए । यही निर्णयका कारण दाहाल आधा रातमा सरकार छाडेर भागेका पनि थिए । यो गडबडी फेरि पनि बादलमा आउन थालेको त होइन ?

तर रक्षामन्त्री छँदा उनको कमजोरी जस्तो खाले निर्णय लिंदा देखियो । अहिले स्वरुपमा त्यसको ठीक विपरीत काम उनीबाट हुँदै गएको छ । त्यतिबेला उनले केही महिनापछि बिदाई लिन लागेका तात्कालीन प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई कारवाही गरेका थिए। तर अहिले बादलले सुनकाण्ड र निर्मला काण्डका दोषीहरुलाई बेलैमा कारबाही गर्न सकेनन् । यसले उनको कार्यक्षमतामा केही प्रश्न उठाएको छ ।

विश्लेषकहरुका अनुसार बादलको कार्यक्षमतामाथि प्रश्न उठाउँदै भन्ने गरिएको छ– ‘रक्षामा लागेको बादल गृहमा कायमै’ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर