काठमाडौं, असोज २ । जारी एसिया कप क्रिकेटमा मंगलबार (आज) हङकङले निकै नै बलियो प्रतिद्वन्द्वी भारतको भिड्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार साँझ ५ बजेर १५ मिनेटबाट सुरु हुने खेलमा आज भारतले हङकङलाई जिते एक खेल खेल्नु अघि नै सेमिफाइनलमा प्रवेश गर्नेछ भने हङकङले जितेको खण्डमा उसको सेमिफाइनल खेल्ने सम्भावना अझै जिवितै हुनेछ ।

हङकङले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ८ विकेटको हार ब्यहोरेको थियो । यता, भारतको भने युएईमा जारी एसिया कपमा यो पहिलो खेल हो ।

हार्दिक शुभकामना !

पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले ३७.१ ओभरमा सबै विकेटको क्षतिमा ११६ रन मात्रै बनाएको थियो । तुलनात्मक रुपमा हङकङले पाकिस्तानविरुद्ध फितलो ब्याटिङ गरेको थियो । त्यही गल्तीलाई सच्याउँदै भारतविरुद्ध राम्रो ब्याटिङ गर्ने लक्ष्यमा हङकङ रहेको छ ।

यता, भारत भने रोहित शर्माको कप्तानीमा पहिलो पटक जारी एसिया कपमा खेल्दैछ । नियमित कप्तान विराट कोहली एसिया कप नखेल्ने भएसँगै भारतको नेतृत्व रोहित शर्मालाई दिइएको हो ।

केस्तो छ त यो भन्दा पहिला भारत र हङकङको इतिहास ?

भारत र हङकङबीच अहिलेसम्म १ खेलमा मात्रै भेट भएको छ । हङकङ एसोसिएट राष्ट्र हो । त्यसकारण पनि टेष्ट नेशन राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर विरलै पाउने गरेको छ ।

सन् २००८ मा पाकिस्तानको कराँचीमा सम्पन्न एसिया कप मै हङकङ र भारतले प्रतिस्पर्धा गरेको थियो । जुन खेलमा भारत २५६ रनको भारीअन्तरले विजयी भएको थियो । त्यसबेला भारतका तत्कालिन कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाले शतक बनाएका थिए । ३७५ रनको विशाल लक्ष्य पछ्याएको हङकङले ३६.५ ओभरमा ११८ रन बनाउँदा सबै विकेट गुमाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर